इमरान खानलाई रिहा गर्न माग गर्दै पीटीआई कार्यकर्ताको प्रदर्शन

काठमाडौं । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी ‘पाकिस्तान तहरीक–ए–इन्साफ’ (पीटीआई)का कार्यकर्ता र उनका समर्थकहरूले इस्लामावादतर्फ मार्च सुरु गरेका छन् । पीटीआईका कार्यकर्ताहरू खैबर पख्तुनख्वाका विभिन्न क्षेत्रबाट इस्लामावादतर्फ लागेका छन् । प्रधानमन्त्री निवास, संसद् र सर्वोच्च अदालतबाहेक धेरै महत्त्वपूर्ण सरकारी कार्यालयहरू डी चोक नजिकै छन् । इस्लामावादको ‘डी चोक’मा भारी सुरक्षा बल तैनाथ गरिएको […]

Nov 25, 2024 - 10:29
 0
इमरान खानलाई रिहा गर्न माग गर्दै पीटीआई कार्यकर्ताको प्रदर्शन

काठमाडौं । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी ‘पाकिस्तान तहरीक–ए–इन्साफ’ (पीटीआई)का कार्यकर्ता र उनका समर्थकहरूले इस्लामावादतर्फ मार्च सुरु गरेका छन् ।

पीटीआईका कार्यकर्ताहरू खैबर पख्तुनख्वाका विभिन्न क्षेत्रबाट इस्लामावादतर्फ लागेका छन् ।

प्रधानमन्त्री निवास, संसद् र सर्वोच्च अदालतबाहेक धेरै महत्त्वपूर्ण सरकारी कार्यालयहरू डी चोक नजिकै छन् ।

इस्लामावादको ‘डी चोक’मा भारी सुरक्षा बल तैनाथ गरिएको छ । इस्लामावाद प्रहरीले डी चोकमा चार प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ।

पीटीआईले इमरानलाई रिहा गर्न माग गर्दै आएको छ । विरोध र्‍यालीमा इमरान खानकी पत्नी बुशरा बीबी पनि सहभागी छन् ।

इस्लामावाद प्रहरीले प्रदर्शनकारीले ढुंगामुढा गरेको बताएको छ । पीटीआई कार्यकर्ताहरुले प्रहरीले अश्रुग्यास प्रहार गरेको र लाठीचार्ज गरेको दाबी गरेका छन् ।

इस्लामावाद प्रहरीले ढुंगा प्रहारमा १४ जना अधिकारी पनि घाइते भएको जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register