तमु ल्होसारको पूर्वसन्ध्यामा तमु विद्यार्थीको प्रथम स्युँरा सांस्कृतिक कार्यक्रम आरम्भ

झापा, ११ पुस । नेपाल तमु विद्यार्थी छोंज धिं जिल्ला कार्य समिति झापाको आयोजनामा एकदिने प्रथम स्युँरा सांस्कृतिक कार्यक्रमको आरम्भ गरिएको छ । विशेषगरी, पुष १५ मा मनाइने गुरुङ जातिको तमु ल्होसारको पूर्वसन्ध्यामा शुभकामना आदान–प्रदानसँगै आफ्नो मौलिक संस्कृतिको प्रबद्र्धन गर्दै तिहारमा खेलिने देउसी–भैलो कार्यक्रम जस्तै खेलेने परम्परा रहेको तमु विद्यार्थी छोंज धिं जिल्ला कार्य समितिकी [...] The post तमु ल्होसारको पूर्वसन्ध्यामा तमु विद्यार्थीको प्रथम स्युँरा सांस्कृतिक कार्यक्रम आरम्भ appeared first on Jhapa Online.

Dec 27, 2024 - 02:12
 0
तमु ल्होसारको पूर्वसन्ध्यामा तमु विद्यार्थीको प्रथम स्युँरा सांस्कृतिक कार्यक्रम आरम्भ

झापा, ११ पुस । नेपाल तमु विद्यार्थी छोंज धिं जिल्ला कार्य समिति झापाको आयोजनामा एकदिने प्रथम स्युँरा सांस्कृतिक कार्यक्रमको आरम्भ गरिएको छ ।

विशेषगरी, पुष १५ मा मनाइने गुरुङ जातिको तमु ल्होसारको पूर्वसन्ध्यामा शुभकामना आदान–प्रदानसँगै आफ्नो मौलिक संस्कृतिको प्रबद्र्धन गर्दै तिहारमा खेलिने देउसी–भैलो कार्यक्रम जस्तै खेलेने परम्परा रहेको तमु विद्यार्थी छोंज धिं जिल्ला कार्य समितिकी महासचिव ममता तमुस्योले बताइन् । तमु ल्होसारले मुप्री ल्हो (गरुड वर्ग) लाई बिदाई गदै नयाँ वर्ष सप्री ल्हो (सर्प वर्ग) को आगमनको अवसरमा शुभकामना आदान प्रदान गरि तमु समुदायमा पूर्व जानकारी गर्दै ल्होसार भित्रिँदै छ भन्ने संकेत दिइने यो साँस्कृतिक परम्परा रहेको उनी बताउँछिन् ।

जिल्लाका अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिका र मेचीनगर नगरपालिकाका स्थानमा पुगी विद्यार्थीको समूहले तमु समाजलाई निम्तो दिई भेला भई स्युँरा साँस्कृतिक कार्यक्रम गर्ने गरिएको छ ।

पूर्वमा पहिलो पटक आरम्भ गरिएको स्युँरा साँस्कृतिक कार्यक्रम मौलिक संस्कृतिको प्रवद्धन गर्दै आगामी दिनमा निरन्तरता दिदै जाने विद्यार्थी छोंज धींका केन्द्रीय समितिकी महिला उपाध्यक्ष सिर्जना तमुस्योले जानकारी दिइन् ।

ल्होसारको महत्व
गुरुङ जातिको ऐतिहासिक पर्व तमु ल्होसार पर्वको सम्बन्ध पुरानो साललाई विदा गर्ने र नयाँ साललाई स्वागत गर्दै प्रत्येक वर्ष मञ्जुश्री ज्योतिष शास्त्रमा आधारित पात्रोको एघारौं महिना वा पुष महिनामा पर्दछ । प्राकृतिक रुपमा सूर्य उत्तर दिशा फर्कने, रुख विरुवाको नयाँ पालुवा फेरिने र यहाँबाट नै रात छोटों र दिन लामो समेत हुने खालको परिवर्तन हुने भएकोले यसलाई नयाँ सालको रुपमा मनाएको पाइन्छ ।

तमु ल्होछार गुरुङ जातिको मुख्य पर्व हो । ल्होसार शब्द ल्हों सार दुइवटा शब्द मिलेर बनेको छ, जसको शाब्दिक अर्थ पर्गेल्दा तमु भाषामा ल्हो को अर्थ वर्ग र सार को अर्थ नयाँ हो । त्यसैले, यसलाई नयाँ वर्ग फेरिने दिन तथा नयाँ वर्षको रुपमा हेरिन्छ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको मानिन्छ ।

The post तमु ल्होसारको पूर्वसन्ध्यामा तमु विद्यार्थीको प्रथम स्युँरा सांस्कृतिक कार्यक्रम आरम्भ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register