लन्डन ओटुमा कन्दरा र स्वप्न सुमन कन्सर्ट सकिएपछि भान्जाभान्जी पार्टी
लन्डन । मामाघर इन्टरटेनमेन्ट लि. ले इण्डिगो एट द ओटुमा कन्दरा र गायक स्वप्न सुमनको कन्सर्टपछि आफ्टर पार्टी गर्ने भएको छ । ४ जनवरी राती ११ देखि बिहान ५ बजेसम्म ‘भान्जाभान्जी आफ्टर पार्टी’ गर्ने तयारी भएको हो । ओटुबाट १० मिनेट दुरीमा अवस्थित तीन हजार दर्शक क्षमताको ‘स्टुडियो ३३८’ मा डिजे बिक्की, डिजे एस काजी […]

लन्डन । मामाघर इन्टरटेनमेन्ट लि. ले इण्डिगो एट द ओटुमा कन्दरा र गायक स्वप्न सुमनको कन्सर्टपछि आफ्टर पार्टी गर्ने भएको छ ।
४ जनवरी राती ११ देखि बिहान ५ बजेसम्म ‘भान्जाभान्जी आफ्टर पार्टी’ गर्ने तयारी भएको हो ।
ओटुबाट १० मिनेट दुरीमा अवस्थित तीन हजार दर्शक क्षमताको ‘स्टुडियो ३३८’ मा डिजे बिक्की, डिजे एस काजी र डिजे नेपसोलको गीत संगीतमा उक्त पार्टी हुंदैछ ।
बेलायतका तीन चर्चित नेपाली डिजेहरु एउटै पार्टीमा एकसाथ सहभागी हुन लागेको यो पहिलो अवसर हो ।
पार्टीमा जान ओटु कन्सर्ट टिकट भए २० पाउण्ड, अर्ली बर्ड पनि २० पाउण्ड र पछि ३० पाउण्ड लाग्ने आयोजक मामाघर इन्टरटेनमेन्टका निर्देशक विमल तिमिल्सेनाले जनाए ।
पार्टीमा १८ वर्ष माथिका लागिमात्र प्रवेश हुने र आइडी अनिवार्य देखाउनुपर्ने आयोजकले जनाएका छन् ।
मामाघर इन्टरटेनमेन्ट लि.ले इण्डिगो एट द ओटुमा गायक विवेक श्रेष्ठसहित कन्दरा ब्याण्ड र गायक स्वप्न सुमन एवं उनको ब्याण्ड द आस्टर्स उतार्दैछ ।
कन्दरा र स्वप्नका ७÷७ गरि १४ जना ब्याण्ड सदस्यहरु कन्सर्टकै लागि आउंदो २ जनवरीमा लन्डन आइपुग्ने जनाइएको छ ।
कन्दराले ३२ औं वार्षिकोत्सव यही कन्सर्टमा धुमधामसंग मनाउने भएको छ ।
What's Your Reaction?






