नक्कली डाक्टर बनेर  लुटपाट गर्ने  मण्डल नुवाकोटबाट पक्राउ 

काठमाडौँ।  नक्कली डाक्टर बनेर  लुटपाट गर्ने  एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाण्डौं उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरी टोलीले जितेन्द्र मण्डललाई पक्राउ गरेको हो।  उनले सामाजिक संजाल फेसबुकमार्फत साथी बनाई आफू डाक्टर भएको र  सुगरको  रोगीको उपचार गर्ने बताउथे। त्यसपछि उपचारकालागि  औषधि खुवाई बेहोस बनाई कोठा भित्र रहेका  सुन तथा चाँदीका गरगहनाहरु (सिक्री, […]

Dec 27, 2024 - 10:23
 0
नक्कली डाक्टर बनेर  लुटपाट गर्ने  मण्डल नुवाकोटबाट पक्राउ 

काठमाडौँ।

 नक्कली डाक्टर बनेर  लुटपाट गर्ने  एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाण्डौं उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरी टोलीले जितेन्द्र मण्डललाई पक्राउ गरेको हो। 

उनले सामाजिक संजाल फेसबुकमार्फत साथी बनाई आफू डाक्टर भएको र  सुगरको  रोगीको उपचार गर्ने बताउथे। त्यसपछि उपचारकालागि  औषधि खुवाई बेहोस बनाई कोठा भित्र रहेका  सुन तथा चाँदीका गरगहनाहरु (सिक्री, औठी, झुम्का,टप, मंगलसुत्र) लगायत नगदसमेत  चोरी गर्ने गरेका थिए।

प्रहरीमा उजुरी परेपछि सीसीटिभी क्यामरा सहयोगमा उनलाई नुवाकोट पञ्चकन्या गा.पा. वडा नं. ०४ आरुखर्कबाट उनलाई पक्राउ  गरेको हो। 

पक्राउ परेका उनलाई चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि प्रहरी वृत सातदोबाटो पठाएको छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register