काठमाडौं–१६ का उम्मेदवार घरदैलो अभियानलाई तीव्रता दिँदै

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । उपनिर्वाचन आउन केही दिनमात्र बाँकी रहँदा उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका हुन् । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत काठमाडौं-१६ को वडाध्यक्ष पदमा मा कांग्रेस, एमाले, रास्वपा लगायत १० स्वतन्त्रसहित १८ जना […]

Nov 25, 2024 - 10:59
 0
काठमाडौं–१६ का उम्मेदवार घरदैलो अभियानलाई तीव्रता दिँदै

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । उपनिर्वाचन आउन केही दिनमात्र बाँकी रहँदा उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका हुन् ।

मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत काठमाडौं-१६ को वडाध्यक्ष पदमा मा कांग्रेस, एमाले, रास्वपा लगायत १० स्वतन्त्रसहित १८ जना उम्मेदवार कायम भएको निर्वाचन आयोगले जनाएको छ ।

सो वडाका लागि कांग्रेसले देवेन्द्र पाठक, एमालेले लक्ष्मीरत्न मानन्धर र राष्ट्रिय स्वतन्त्र पार्टीले रोजिना श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै सोही वडामा राप्रपा, नेकपा एकीकृत समाजवादी, राप्रपा नेपाल, जसपाका उम्मेदवार पनि चुनावी मैदानमा छन् । यसअघिका वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि सो वडामा उपनिर्वाचन हुन लागेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register