फ्रान्सको बलात्कार मुद्दाले पुरुषको यौन इच्छाबारे खडा गरेका केही कठिन प्रश्न

पुरुषहरूमा असंवेदनशीलता र हिंसात्मक व्यवहार कहाँबाट आउँछ ? के उनीहरुले सहमति बिनाको यौनसम्पर्क बलात्कार हो भनेर देख्न सक्दैनन् ?

Dec 26, 2024 - 08:38
 0
फ्रान्सको बलात्कार मुद्दाले पुरुषको यौन इच्छाबारे खडा गरेका केही कठिन प्रश्न

मैले चिनेका सबै महिला साथीलाई गत बिहीबार टुङ्गो लागेको चर्चित जेसेल पेलिको बलात्कार मुद्दामा गहिरो चासो थियो । अदालतको सुनुवाइको क्रममा मैले हरेक विवरण डरलाग्दो भएको पाएँ ।

मैले के भयो भनेर बुझ्न मेरा महिला साथी, मेरा छोरी, सहकर्मी र हाम्रो स्थानीय पुस्तक क्लबका महिलासँग यसबारे छलफल गरेँ ।

झण्डै एक दशकसम्म जेसेल पेलिकोको पतिले उनलाई गोप्य रूपमा लागूपदार्थ खुवाउँथे र इन्टरनेटमा भेटेका पुरुषलाई उनीसँग यौनसम्पर्क गर्न र त्यसको भिडिओ बनाउन लगाउँथे ।

यी अपरिचितहरू २२ देखि ७० वर्षसम्म उमेरका थिए । जसमा फायर फाइटर, नर्स, पत्रकार, जेल वार्डेन, सिपाही लगायत थिए । तिनीहरूले पेलिकोको पूर्वपति डोमिनिकको निर्देशन पालना गरे ।

पीडित महिलाको शरीरमा प्रवेश गर्ने डोमिनिकको चाहना यति तीव्र थियो कि सेवानिवृत्त हजुरआमासँग समेत यौनसम्पर्क गरे, जसको लागुऔषधले लठ्ठिएको शरीर उनीहरुले पुतलीजस्तो देखे ।

फ्रान्सको एक स्थानीय अदालतमा ५० जना पुरुष उपस्थित थिए । तिनीहरू सबै दक्षिणी फ्रान्सको एउटा सानो शहर माजानमा पेलिकोको घरको ५० किलोमिटरको दायराभित्र बस्थे । सामान्यतया उनीहरु ‘सामान्य व्यक्ति’ जस्तै थिए ।

एउटी युवतीले मलाई भनिन्, “जब मैले पहिलो पटक यसबारे पढेँ । मैले कम्तीमा एक हप्तासम्म पुरुषहरू यहाँसम्मकी आफ्नै ‘व्वाइफ्रेन्ड’सँग पनि भेट्न चाहिनँ । यसले मलाई एकदमै डर पैदा गरायो ।”

पेलिको उमेरकी अर्की महिलाले आफ्ना पति र छोराको बारेमा पनि पुरुषको दिमागमा के भइरहेको छ भनेर सोच्नबाट आफूलाई रोक्न सकिनन् । ती महिलाले भनिन्, “के यो ठूलो समस्याको सानो अंश हो ?”

अदालतले फैसला गरेको दिन ६१ वर्षीया लेखिका तथा चिकित्सक डा. स्टेला डफीले इन्स्टाग्राममा लेखिन्, “म आशा गर्छु र विश्वास गर्ने प्रयास गर्छु कि सबै पुरुष यस्तो हुँदैनन्, तर म कल्पना गर्छु कि श्रीमती, महिला साथी, गाउँमा बस्ने छोरी र आमाले पनि यस्तै सोच्थे र अहिले मैले बोलेका सबै महिलाले पुरुषको बारेमा पनि त्यही भन्थे । उनीहरुको सोचमा परिवर्तन आएको छ । आशा छ कि यसले पुरुषप्रति पुरुषको दृष्टिकोण पनि परिवर्तन गरेको छ ।”

अब जब न्याय प्रदान गरिएको छ, हामी यो डरलाग्दो मामिलाभन्दा बाहिर हेर्न सक्छौँ र सोध्न सक्छौँ – पुरुषहरूमा असंवेदनशीलता र हिंसात्मक व्यवहार कहाँबाट आउँछ ? के उनीहरुले सहमति बिनाको यौनसम्पर्क बलात्कार हो भनेर देख्न सक्दैनन् ?

तर, एउटा ठूलो प्रश्न पनि छ । सानो क्षेत्रमा बसोबास गर्ने यति धेरै पुरुषले एउटी महिलामाथि चरम प्रभुत्वको साझा कल्पना गर्छन्, यसले पुरुषको इच्छालाई के भन्छ ?

कसरी इन्टरनेटले विश्वास परिवर्तन गर्छ ?

मिस पेलिको जुन मात्रामा व्यवस्थित बलात्कार र यौन हिंसाको लक्ष्य बनिन् इन्टरनेटको अभावमा कल्पना गर्न गाह्रो छ ।

जुन प्लेटफर्ममा पूर्वपति डोमिनिक पेलिकोले आफ्नी श्रीमतीलाई बलात्कार गर्न पुरुषहरूलाई निम्तो दिने विज्ञापन गरेका थिए, एक फ्रान्सेली वेबसाइट जसले समान यौन चाहना भएका मानिसलाई भेट्न सजिलो बनायो । तर, अब त्यो बन्द भएको छ । तर, इन्टरनेट अघिको युगमा यो सम्भव हुन गाह्रो थियो ।

पेलिकोको प्रतिनिधित्व गर्ने एक वकिल सो वेबसाइटलाई ‘हत्याको हतियार’ भनेर वर्णन गर्छन् । उनले सुनुवाइका क्रममा अदालतलाई भनेका थिए – ”यसबिना यो मुद्दा यति ठूलो बन्ने थिएन ।”

इन्टरनेटले सहमति र गैर उत्पीडन गर्ने यौन सम्बन्धमा बिस्तारै मनोवृत्ति परिवर्तन गर्न भूमिका खेलेको छ र पहिले सोच्न नसकिने कुरालाई सामान्य बनाएको छ ।

पुरानो समयको पोर्नोग्राफिक म्यागजिन र ब्लु फिल्मबाट पोर्नहब जस्ता आधुनिक वेबसाइटहरूमा सङ्क्रमणले पोर्नको सीमालाई धेरै विस्तार गरेको छ । जनवरी २०२४ मा मात्रै यस वेबसाइटलाई विश्वभर ११.४ बिलियन पटक हेरिएको छ ।

जनवरी २०२४ मा बेलायतमा अनलाइन प्रयोगकर्ताको सर्वेक्षण गरिएको थियो । जसमा २५ देखि ४९ वर्षबीचका दश जनामध्ये एक जनाले दिनको अधिकांश समय पोर्न हेर्ने स्वीकार गरेका छन्, जसमध्ये अधिकांश पुरुष थिए ।

डेजी एक २४ वर्षीया विश्वविद्यालय स्नातक पढ्दै गरेकी विद्यार्थीले मलाई बताइन् कि उनले चिनेका सबैजनाले पोर्न हेर्छन् र उनी पनि । उनी नारीवादी वेबसाइट हेर्न मन पराउँछिन् जसका फिल्टरहरूमा ‘भावुक’ र ‘कामुक’ साथै ‘रफ’ समावेश हुन्छ ।

तर, डेजीका केही पुरुष साथीले बाल्यकालमा यति धेरै पोर्न हेरेकाले यौनसम्पर्क गर्दा राम्रोसँग समय बिताउन नसकेकाले अहिले पोर्न हेर्न छाडेको बताएका छन् ।

सन् २०२३ मा इङ्ल्यान्डका बाल आयुक्त डेम रेचेल डिसुजाले गरेको अध्ययनले बालबालिकाले प्राथमिक विद्यालयमा हुँदा पहिलो पटक इन्टरनेटमा पोर्न हेरेको पत्ता लगाएको थियो ।

“अभिभावकले आफ्नो युवावस्थामा देखेका वयस्क सामग्री आजको पोर्नोग्राफीको संसारको तुलनामा पुरानो जमानाको मान्न सकिन्छ,” डिसुजाले भनिन् ।

के पोर्नले साँच्चै व्यवहार परिवर्तन गर्छ ?

यौन सक्रिय हुनुअघि नियमित रूपमा मोबाइलमा पोर्न हेर्ने बच्चाहरू २०औं शताब्दीमा प्लेब्वाई हेरेर हुर्केका वयस्कभन्दा फरक यौन अपेक्षाका साथ बढ्छन् ।

यद्यपि व्यवहारसँग कुनै सीधा लिङ्क त फेला परेको छैन तर, पोर्नोग्राफी प्रयोग र महिलालाई नोक्सानी गर्ने यौन व्यवहार बीचको सम्बन्धको पर्याप्त प्रमाण भने छन् ।

कोभिड-१९ महामारी अघि गरिएको सरकारी अनुसन्धानकाअनुसार “पोर्नोग्राफीका कारण त्यस्तै खालका कृत्यमा संलग्न हुने इच्छासँग सम्बन्धित छ र महिला पनि बढी यसमा सहभागी हुन चाहन्छन् भन्ने प्रमाणहरू छन् । यी विशेष खालका कृत्यमा संलग्न हुन चाहन्छन् ।”

त्यस्ता केही कृत्यहरुमा आक्रामकता र प्रभुत्व समावेश हुन्छन् जस्तै – महिलालाई थप्पड मार्ने, चोक गर्ने (घाँटी दबाउने) वा थुक्ने ।

डेजीले मलाई भनिन्, “चोकिङ… सामान्य, नियमित र घाँटीमा चुम्बन गर्ने जस्तै भएको छ । अन्तिम पटक मैले केटालाई भेट्दा उसलाई भनेकी थिएँ कि मलाई निस्सासिएको मन पर्दैन र उसले सहमति जनायो ।”

तर, उनी विश्वास गर्छिन् कि सबै महिलाले बोल्दैनन्, ”र मेरो अनुभव यो छ कि धेरैजसो पुरुष सुत्ने कोठामा महिला हाबी भएको रुचाउँदैनन् । र त्यहीँ उनीहरू हाबी हुन चाहन्छन् ।”

डेजीभन्दा ४० वर्ष जेठी सुजेन नोबलले आफ्नो यौन अनुभवबारे लेखेकी छिन् र अब सेक्स एडभाइज फर सिनियर्स नामक वेबसाइट र पोडकास्ट चलाउँछिन् ।

उनी विश्वास गर्छिन् कि ‘बलात्कार फन्टासी’लाई सामान्य कार्यको रूपमा चित्रण गर्ने पोर्नले हिंसामा जरा गाडेको छ । यसलाई यसरी चित्रण गरिन्छ कि त्यसका लागि महिला आफैँ उत्सुक छन् ।’

उनी भन्छिन्, “छद्म-बलात्कारको कल्पना र पूर्णतया गैर-सहमतिपूर्ण यौन सम्बन्धको अनुकरण गर्ने बीचको भिन्नताको बारेमा धेरै जागरूकता छैन ।”

वास्तविक जीवन

जसरी इन्टरनेटले पोर्नलाई शयनकक्षमा ल्याएको छ, त्यसैगरी यसले वास्तविक जीवनमा पनि यी कार्यको अनुकरण गर्न सजिलो बनाएको छ ।

पहिलेका मानिसले एकअर्कासँग सम्पर्क गर्न मेलको सट्टा हुलाक कार्यालयको बक्स प्रयोग गर्थे । यो एकदमै ढिलो प्रक्रिया थियो । अब यस्ता समूहमा अनलाइनमा सामेल हुन र व्यक्तिगत रूपमा भेट्न सजिलो भएको छ ।

यूकेमा डेटिङ एपहरू प्रेम र सम्बन्ध खोज्नको लागि बढ्दो रूपमा सामान्य भएका छन् । यसले विशेष यौन इच्छाहरू पूरा गर्न खोज्ने मानिससँग सम्पर्क गर्न पनि सजिलो बनाएको छ । यसका लागि धेरै एपहरू छन्, जस्तै- फिल्ड, जुन अपरम्परागत इच्छाहरू पुरा गर्न चाहने पुरुषहरूका लागि डिजाइन गरिएको हो । यसको अनलाइन शब्दकोशमा ३१ इच्छाहरू समावेश छन् ।

अनलाइन साइकोसेक्सुअल थेरापिस्ट अल्बर्टिना फिशर भन्छिन्, “यौन काल्पनिक हुनुमा केही गलत छैन ।”

उनी पुरुष र महिलाको फरक–फरक कल्पना रहेको बताउँछिन्, “मुख्य कुरा यो हो कि विशेष कार्य सुरक्षित, समझदार र सहमतिमा हुन्छ । दुई व्यक्तिले सँगै गर्न चाहेको यसमा कुनै समस्या हुँदैन ।”

तर, यो सबै जेसेल पेलिकोको मामलामा फरक छ । उनी भन्छिन्, “यो यौन हिंसा हो । सबैभन्दा डरलाग्दो कुरा यो हो कि यो मायालुजस्तो देखिने सम्बन्धमा हुनसक्छ । सहमति बिना काल्पनिक अभिनय गर्नु नार्सिसिज्म हो ।”

इच्छासँग सम्बन्धित प्रश्न

फन्टासीको मामलामा सबैभन्दा समस्याग्रस्त कुरा इच्छा हो । फ्रायडको समयमा भनिन्थ्यो कि इच्छालाई दबाउनु हुँदैन । सन् १९६० को दशकका अधिकांश मुक्ति सिद्धान्तले यौन इच्छाको अनुभूतिमार्फत आफूलाई चिन्ने कुरामा जोड दिएका थिए ।

तर, पुरुष इच्छा तीब्र रूपमा एक विवादास्पद अवधारणा बनेको छ, मात्रै यसले हैन कि केवल शक्ति र प्रभुत्वको प्रश्नहरुको कारण यसमा अन्तरनीहित छ ।

पेलिको मुद्दाको सुनुवाइको क्रममा कठघरामा लाइनमा उभिएका मानिसले आफूलाई अपराधी देख्न सकेनन् । केहीले तर्क गरे कि उनीहरूले मानेका थिए कि जेजेल पेलिकोले सहमति जनाएको थिइन् वा उनीहरू कुनै प्रकारको यौन खेलमा भाग लिइरहेका थिए ।

विषमलिङ्गी पुरुषको चाहना सामूहिक कृत्यमा परिणत हुने कार्यको बीचमा एकदमै धमिलो रेखा छ, जहाँ महिलाको चाहनाप्रति खासै परवाह हुँदैन ।

ओन्ली फ्यान्सकी लिली फिलिप्सले भर्खरै एक दिनमा १०० जना पुरुषसँग यौनसम्पर्क गर्ने इच्छा व्यक्त गर्दा सहभागी हुन चाहनेको लामो लाम किन थियो भन्ने कुराले सायद यही भन्छ ।

स्वाभाविक रूपमा पुरुष इच्छाले धेरै रूपहरू लिन्छ । तिनीहरूमध्ये धेरैजसो प्रकृतिमा स्वस्थ हुन्छन्, तर परम्परागत रूपमा यो सांस्कृतिक सीमाद्वारा बाँधिएको हुन्छ ।

अब यी सीमाहरू बेलायत र पश्चिम तथा अन्यत्र केही हदसम्म खस्किएका छन् र यसमा निहीत धारणा छ कि आफ्नो इच्छा प्राप्त गर्नु आत्म-मुक्तिको कार्य हो ।

(लेखक थेरापिस्ट मिलान प्लेटफर्म WellDoing का संस्थापक र मनोविज्ञान पत्रिकाका पूर्व सम्पादक हुन् । यो सामग्री बीबीसीबाट अनुवाद गरिएको हो) 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register