ब्राजिलमा ट्रक र बस ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी । ब्राजिलमा भएको एक भयानक दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ। नास गेराइस राज्यको राजमार्गमा सो दुर्घटना भएको हो। सो दुर्घटनामा धेरै मानिसहरू घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो । उद्धार टोली र दमकलको टोली घटनास्थलमा पुगेको […]

Dec 22, 2024 - 04:58
 0
ब्राजिलमा ट्रक र बस ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी ।

ब्राजिलमा भएको एक भयानक दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ। नास गेराइस राज्यको राजमार्गमा सो दुर्घटना भएको हो। सो दुर्घटनामा धेरै मानिसहरू घाइते भएका छन् ।

उनीहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो । उद्धार टोली र दमकलको टोली घटनास्थलमा पुगेको छ।

मिनास गेराइस राज्य ब्राजिलको दक्षिण पूर्वी भागमा अवस्थित छ। उद्धार  विभागका अनुसार जसमा १३ जना घाइते भएका छन्। जसलाई उपचारका लागि टियोफिलो ओटोनी सहर नजिकैको अस्पतालमा भर्ना गरिएको छ। 

मिडिया रिपोर्टका अनुसार यो बस साओ पाउलोबाट प्रस्थान गरेको थियो।  बसमा जम्मा ४५ जना सवार थिए । सुरुमा बस र ट्रक एक आपसमा ठोक्किएको थियो। त्यसपछि पछाडि दौडिरहेको कार पनि दुर्घटनाको शिकार बन्यो । उक्त कारमा तीन जना सवार रहेको बताइएको छ। जसलाई सामान्य चोट लागेको छ ।

प्रहरीका अनुसार बसको टायर फुटेका कारण दुर्घटना भएको हो । टायर फुटेपछि चालकले नियन्त्रण गुमाएका थिए। जसका कारण बस आइरहेको ट्रकसँग ठोक्किएको हो। २२ यात्रुको घटनास्थलमै मृत्यु भएको थियो। कारमा सवार तीनै जना भने सकुशल रहेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register