बिर्तामोड–८ मा ३ सय २ मिटर सडक कालोपत्रे

बिर्तामोड, ११ पुस । बिर्तामोड नगरपालिका वडा नम्बर ८ मा ३ सय २ मिटर सडक कालोपत्रे गरिएको छ । हर्चनाबाट किरण तिम्सिनाको घर हुँदै हल्दिबारी जोड्ने साढे ५ मिटर लम्बाईको उक्त सडकमा आज कालोपत्रे गरिएको हो । बिर्तामोड नगरपालिकाको ३१ लाख २५ हजार ९४१ रुपैयाँको बजेटमा सडक कालोपत्रे गरीएको नगरपालिकाका ईन्जिनियर नरेन्द्र श्रेष्ठले जानकारी दिनु [...] The post बिर्तामोड–८ मा ३ सय २ मिटर सडक कालोपत्रे appeared first on Jhapa Online.

Dec 26, 2024 - 03:09
 0
बिर्तामोड–८ मा ३ सय २ मिटर सडक कालोपत्रे

बिर्तामोड, ११ पुस । बिर्तामोड नगरपालिका वडा नम्बर ८ मा ३ सय २ मिटर सडक कालोपत्रे गरिएको छ ।

हर्चनाबाट किरण तिम्सिनाको घर हुँदै हल्दिबारी जोड्ने साढे ५ मिटर लम्बाईको उक्त सडकमा आज कालोपत्रे गरिएको हो । बिर्तामोड नगरपालिकाको ३१ लाख २५ हजार ९४१ रुपैयाँको बजेटमा सडक कालोपत्रे गरीएको नगरपालिकाका ईन्जिनियर नरेन्द्र श्रेष्ठले जानकारी दिनु भयो । जिएनएस कन्स्ट्रक्सन हल्दिबारीले ठेक्का लिएर योजना सम्पन्न गरेको हो । जिएनएससंग गत २०८० जेठ २ गते नै सम्झौता भएको थियो ।

नगरपालिकाले यसपछि गोकुल जोशी मार्ग, वडा नम्बर १० स्थित मोहन चोक देखि शिवालय जाने सडक , तारानाथ चोक देखि पथरभिटा जाने सडक, शहिद नेत्र मार्ग, प्रगतिनगर शंकरबाडी सडक लगायत अन्य विभिन्न सडकमा कालोपत्रे गर्ने छ । यसका लागि ठेक्का प्रक्रिया अघि बढाएको ईन्जिनियर श्रेष्ठले जानकारी दिनुभयो ।

The post बिर्तामोड–८ मा ३ सय २ मिटर सडक कालोपत्रे appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register