ताइवानका राष्ट्रपतिको उम्मेदवारमाथि भ्रष्टचारको अभियोग

एजेन्सी । ताइवानका पूर्व राष्ट्रपतिका उम्मेदवारमाथि भ्रष्टाचारको आरोप लागेको छ । ताईवानका लागि राष्ट्रपतिका उम्मेदवार वेन जे माथि भ्रष्टचारको आरोप लागेको हो । कुनै समय ताइवानको राजनीतिमा उदाउँदो ताराको रुपमा मानिएका राष्ट्रपति पदका दावेदार वेनमाथि बिहिवार भ्रष्टाचारको अभियोग लगाइएको छ । ६५ वर्षीय वृद्धलाई ताइपेईको मेयर हुँदाको बखतमा आफ्नो कार्यकालमा घर जग्गाको कारोबारमा आधा मिलियन […]

Dec 26, 2024 - 08:40
 0
ताइवानका राष्ट्रपतिको उम्मेदवारमाथि भ्रष्टचारको अभियोग

एजेन्सी ।

ताइवानका पूर्व राष्ट्रपतिका उम्मेदवारमाथि भ्रष्टाचारको आरोप लागेको छ । ताईवानका लागि राष्ट्रपतिका उम्मेदवार वेन जे माथि भ्रष्टचारको आरोप लागेको हो ।

कुनै समय ताइवानको राजनीतिमा उदाउँदो ताराको रुपमा मानिएका राष्ट्रपति पदका दावेदार वेनमाथि बिहिवार भ्रष्टाचारको अभियोग लगाइएको छ ।

६५ वर्षीय वृद्धलाई ताइपेईको मेयर हुँदाको बखतमा आफ्नो कार्यकालमा घर जग्गाको कारोबारमा आधा मिलियन डलर घुस लिएको र जनवरीमा राष्ट्रपतिको दौडमा चुनावी अभियानको वित्तिय बारे गलत जानकारी दिइएको आरोप पत्रमा उल्लेख छ । अभियोजकहरूले २८.५ वर्षसम्मको जेल सजायको माग गरिरहेका छन् ।

भ्रष्टचारको सो अभियोगले उसले प्रतिनिधित्व गर्ने राजनीतिक आन्दोलनलाई एउटा महत्त्वपूर्ण धक्का दिने जनाइएको छ । जसले सत्तारुढ डेमोक्र्याटिक पीपुल्स पार्टी र मुख्य विपक्षी कुओमिन्ताङको विकल्प खोजिरहेका मतदाताहरू यसअभियोगवाट निराश भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register