झापामा हर्षोल्लासका साथ मनाइयो छठ पर्व

बनियानी, २३ कात्तिक । झापामा हर्षोउल्लासका साथ छठ पर्व मनाइएको छ । व्रतालुहरुले आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ पर्व सम्पन्न भएको हो । झापाका मेची, निन्दा, हडिया, देउनिया, अदुवा, बिरिङ, कन्काई, रुतुवा, मावा, बनियानी, देउनिया लगायत खोला–नदी किनारमा भव्य रूपमा पूजा गरिने छ । झापाको कनकाईस्थित बिरिङ खोलाको किनारमा यहाँका स्थानीयबासीले समावेशी रुपमा [...] The post झापामा हर्षोल्लासका साथ मनाइयो छठ पर्व appeared first on Jhapa Online.

Nov 8, 2024 - 06:04
 0
झापामा हर्षोल्लासका साथ मनाइयो छठ पर्व

बनियानी, २३ कात्तिक । झापामा हर्षोउल्लासका साथ छठ पर्व मनाइएको छ ।

व्रतालुहरुले आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ पर्व सम्पन्न भएको हो । झापाका मेची, निन्दा, हडिया, देउनिया, अदुवा, बिरिङ, कन्काई, रुतुवा, मावा, बनियानी, देउनिया लगायत खोला–नदी किनारमा भव्य रूपमा पूजा गरिने छ ।

झापाको कनकाईस्थित बिरिङ खोलाको किनारमा यहाँका स्थानीयबासीले समावेशी रुपमा छठ पर्व मनाए । २०४५ सालदेखि नै यहाँ छठ पर्व गरिँदै आए पनि पछिल्लो समय सबै जातजाति मिलेर समावेशी रुपमा छठ पर्व मनाउँदै आएको श्री छठ पूजा समिति कनकाई–९ घैलाडुब्बाका अध्यक्ष राजेश शाहले बताउनुभयो ।

झापाको भद्रपुर नगरपालिका–५ स्थित मेची नदीमा नेपाल तथा भारततिरबाट वारिपारि भव्य रूपमा छठ पूजा गरियो । एक हजार बढी पूजा स्थल निर्माण गरी तीन किलो मिटर क्षेत्रमा नदीको वारिपारि दुवै पट्टिबाट सबै जातजातिले समावेशी रुपमा साझा पर्व मनाइएको मैथिल समाज भद्रपुरका पूर्व अध्यक्ष रमेशचन्द्र झाले बताउनुभयो ।

पूजास्थलमा नेपाल–भारतका सुरक्षाकर्मीले संयुक्त रुपमा सुरक्षा प्रदान गरेका थिए । विभिन्न सामाजिक संघ–संस्थाले मेलामा सहभागी भक्तजनका लागि पानी तथा चियाको निःशुल्क व्यवस्था गरे ।

चारदिनसम्म मनाइने छठ पर्वको पहिलो दिन ‘नहा इखाइ’, दोस्रो दिन ‘खरना’ गरिएको थियो भने आज तेस्रो दिन बेलुका अस्ताउँदो सूर्यलाई अघ्र्य दिने र चौथो भोलि बिहान उदाउँदो सूर्यलार्य अघ्र्य दिएपछि सम्पन्न भएको हो ।

The post झापामा हर्षोल्लासका साथ मनाइयो छठ पर्व appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register