मकवानपुरमा भीरबाट लडेर एक महिलाको मृत्यु

हेटौँडा । मकवानपुरमा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । इन्द्रसरोवर गाउँपालिका १ दलसंह बस्ने ६० वर्षीया रविमाया भमजनको भीरबाट लडेर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मङ्गलबार राति ८ बजे सामान किन्न पसल गएकी रविमाया बुधबार बिहानसम्म पनि घर नआएपछि खोजी गरिएको थियो । गाउँलेले खोजतलास गर्दै जाँदा उनी बिहान १० बजेको […]

May 7, 2025 - 08:00
 0
मकवानपुरमा भीरबाट लडेर एक महिलाको मृत्यु

हेटौँडा । मकवानपुरमा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ ।

इन्द्रसरोवर गाउँपालिका १ दलसंह बस्ने ६० वर्षीया रविमाया भमजनको भीरबाट लडेर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

मङ्गलबार राति ८ बजे सामान किन्न पसल गएकी रविमाया बुधबार बिहानसम्म पनि घर नआएपछि खोजी गरिएको थियो । गाउँलेले खोजतलास गर्दै जाँदा उनी बिहान १० बजेको समयमा भीरखर्कको बाटोबाट अन्दाजी ३०० मिटर तल लडेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सन्तकुमार श्रेष्ठसहित अस्थायी प्रहरी पोस्ट मार्खु र इलाका प्रहरी कार्यालय पालुङको संयुक्त टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हाल मृतकको शव निकाल्ने पहल भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register