पाकिस्तानले एक खेलअगावै जित्यो दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय श्रृंखला

काठमाडौं । पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय क्रिकेट श्रृंखला एकै खेलअगावै जितेको छ । शुक्रबार बिहान केप टाउनमा सकिएको दोस्रो खेलमा दक्षिण अफ्रिकालाई ८१ रनले हराउँदै पाकिस्तानले एक खेल खेल्न बाँकी छँदै श्रृंखलामाथि कब्जा जमाएको हो । जितका लागि दिएको ३३० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४३.१ ओभरमा सबै विकेट गुमाएर २४८ रनमा सीमित भयो । […]

Dec 20, 2024 - 01:44
 0
पाकिस्तानले एक खेलअगावै जित्यो दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय श्रृंखला

काठमाडौं । पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय क्रिकेट श्रृंखला एकै खेलअगावै जितेको छ ।

शुक्रबार बिहान केप टाउनमा सकिएको दोस्रो खेलमा दक्षिण अफ्रिकालाई ८१ रनले हराउँदै पाकिस्तानले एक खेल खेल्न बाँकी छँदै श्रृंखलामाथि कब्जा जमाएको हो ।

जितका लागि दिएको ३३० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४३.१ ओभरमा सबै विकेट गुमाएर २४८ रनमा सीमित भयो ।

घरेलु टोली दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले ९७ रनको पारी खेले पनि त्यो जित्नलाई पर्याप्त भएन ।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ४९.५ ओभरमा ३२९ रन बनाएर अल आउट भएको थियो । पाकिस्तानका लागि कप्तान मोहम्मद रिजवान, बाबर आजम र कमरान घुलामले अर्धशतकीय पारी खेले ।

रिजवानले ८०, आजमले ७३ तथा घुलामले ६३ रन जोडे । घुलाम खेलको प्लेयर अफ द म्याच चुनिए ।

दक्षिण अफ्रिकाका क्वेना मफाकाले सर्वाधिक ४ विकेट लिए ।

पाकिस्तानले पहिलो खेल ३ विकेटले जितेको थियो । तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ । त्यसपछि यी दुई देशले दुई टेस्ट खेल खेल्नेछन् ।

दुईमध्ये एक खेल जितेमा दक्षिण अफ्रिकाले टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register