फाइनल भिडन्तअघि कप्तान भन्छन्- जसले जिते पनि नायक नेपाली खेलाडी नै बनुन्

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच रोमाञ्चक भिडन्त हुँदैछ । फाइनलअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानले उपाधि जित्न आफूहरू पूर्ण रूपमा तयार रहेको बताएका छन् । जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले फाइनल खेलका लागि विशेष योजना बनाएको छैन भन्दै अभ्यास खेललाई जत्तिकै महत्त्व दिएको बताए […]

Dec 20, 2024 - 10:47
 0
फाइनल भिडन्तअघि कप्तान भन्छन्- जसले जिते पनि नायक नेपाली खेलाडी नै बनुन्

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच रोमाञ्चक भिडन्त हुँदैछ ।

फाइनलअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानले उपाधि जित्न आफूहरू पूर्ण रूपमा तयार रहेको बताएका छन् ।

जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले फाइनल खेलका लागि विशेष योजना बनाएको छैन भन्दै अभ्यास खेललाई जत्तिकै महत्त्व दिएको बताए ।

‘मेरो लागि सबै खेल बराबर हो । फाइनल खेल जसले जिते पनि नायक नेपाली खेलाडी नै बनुन् भन्ने मेरो चाहना छ’ उनले पत्रकार सम्मेलनमा भने ।

‘शतप्रतिशत दिन तयार छौँ’ – दीपेन्द्र सिंह ऐरी

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि आफ्नो टोली उपाधि भिडन्तका लागि तयार रहेको बताए । ‘फाइनल खेलका लागि विशेष योजना केही छैन ।

तर, खेलाडीहरूले आफ्नो सम्पूर्ण क्षमता प्रयोग गर्नेछन्’ उनले आत्मविश्वास व्यक्त गरे ।

एनपिएलले उद्घाटनदेखि नै हजारौँ दर्शकलाई आकर्षित गर्दै आएको छ । फाइनल खेलमा झन् ठुलो संख्यामा दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको यो प्रतियोगिता नेपाली खेलकुदमै सबैभन्दा ठुलो आर्थिक लगानी भएको प्रतियोगिता हो ।

विजेता टोलीले १ करोड १० लाख रुपैयाँ र उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीले क्रमशः २५ लाख र १५ लाख रुपैयाँ जित्नेछन् । त्यस्तै, उत्कृष्ट खेलाडीलाई करिब ६२ लाख रुपैयाँको ‘आमोडा एन्ड जेईको’ कार प्रदान गरिनेछ ।

रोमाञ्चक खेलको प्रतीक्षामा रहेका नेपाली क्रिकेट प्रेमीहरूलाई यो फाइनल खेलले अविस्मरणीय अनुभव दिने निश्चित छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register