प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा इन्डोस्कोपी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको इन्डोस्कोपी गरिएको छ । बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री ओलीको इन्डोस्कोपी गरिएको हो । प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहका अनुसार उनको नियमित स्वास्थ्य जाँचको क्रममा इन्डोस्कोपी गरिएको हो । शरीरमा घाउ नपारी शरीरको भित्री भाग परीक्षण गर्ने प्रक्रिया नै इन्डोस्कोपी हो । जसमा शरीरको भित्री भागको […]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको इन्डोस्कोपी गरिएको छ । बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री ओलीको इन्डोस्कोपी गरिएको हो ।
प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहका अनुसार उनको नियमित स्वास्थ्य जाँचको क्रममा इन्डोस्कोपी गरिएको हो ।
शरीरमा घाउ नपारी शरीरको भित्री भाग परीक्षण गर्ने प्रक्रिया नै इन्डोस्कोपी हो । जसमा शरीरको भित्री भागको अवस्था नजिकबाट हेर्न इन्डोस्कोप (उपकरण) प्रयोग गरिन्छ । यसलाई मुखबाट छिराएर खाद्यनली, पेटलगायतमा के भएको छ भनी प्रष्ट रूपमा मोनिटरमा हेर्न सकिन्छ ।
इन्डोस्कोपी गरेपछि प्रधानमन्त्री ओली बिहीबार दिनभर बालुवाटारमै आराम गरेर बसेका छन् ।
What's Your Reaction?






