संस्कृति र सम्पदाको संरक्षण

नक्सालमा सडक निर्माण गर्दा छोपिएको भैरव मन्दिरको भग्नावशेष जोगाउन कामपा वडा १ ले काम सुरु गरेको छ । नक्साल भगवती मन्दिरबाट नागपोखरीतर्फ जाने मुख्य सडकको मध्य भागमा रहेको चारढुंगे स्थलमा सवारी साधन गुड्ने कालोपत्रे सडकमुनि भैरवको मन्दिरको भग्नावशेष फेला पारिएको हो । त्यहाँ भेटिएका सिक्का तथा चुरा अध्ययनका लागि वडाले संरक्षणमा लिएको छ । हराएको […]

Dec 21, 2024 - 01:19
 0
संस्कृति र सम्पदाको संरक्षण

नक्सालमा सडक निर्माण गर्दा छोपिएको भैरव मन्दिरको भग्नावशेष जोगाउन कामपा वडा १ ले काम सुरु गरेको छ । नक्साल भगवती मन्दिरबाट नागपोखरीतर्फ जाने मुख्य सडकको मध्य भागमा रहेको चारढुंगे स्थलमा सवारी साधन गुड्ने कालोपत्रे सडकमुनि भैरवको मन्दिरको भग्नावशेष फेला पारिएको हो ।


त्यहाँ भेटिएका सिक्का तथा चुरा अध्ययनका लागि वडाले संरक्षणमा लिएको छ । हराएको करिब ४७ वर्षपछि भैरव मन्दिर भेटिँदा स्थानीयमा खुसीयाली छाएको छ । यस मन्दिरको स्थापनाका विषयमा ठोस तथ्य भने नरहेको संस्कृतिविद् बताउँछन् । करिब २०२४ सालतिर मन्दिर छोपिएको स्थानीय बताउँछन् ।

त्यसअघिसम्म खाडलका चारतिर ढुंगाका थाम थिए । सहरीकरण बढ्दै गएर सडक साँघुरो महसुस भएपछि खाडलमाथि स्ल्याप राखेर पुरिएको हो । यसरी पुरिएको ठाउँमा एउटा सानो प्वाल राखिएको थियो र मानिसहरू त्यही प्वालबाट सिक्का चढाएर श्रद्धा अर्पण गर्ने गर्थे ।

अब यस मन्दिरलाई पुनरुत्थान गरेर नक्साललाई सम्पदा मार्ग बनाउने वडाको योजना रहेको छ । मन्दिरको भग्नावशेष बचाउन निर्माण कार्य गर्दै मजदुर ।

तस्वीर: अनिल आङदेम्बे

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register