लोयल्टीद्वारा एसईई उत्तीर्ण विद्यार्थी सम्मानित

काठमाडौं ।  लोयल्टी एकेडेमीले १७ औं ब्याचमा एसईईको उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । दिक्षान्त तथा सम्मान कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका नगर प्रमुख मिठाराम अधिकारीले पालिकाको गौरव र प्रतिष्ठाको प्रतिकका रुपमा रहेको बताएका छन् । उनले यस विद्यालयको कारण बुढानीलकण्ठ नगरपालिकाको शिक्षामा सुधार भएको दाबी गरे । उनले हाम्रो नगरपालिकाभित्र पर्ने यस […]

Jul 14, 2025 - 11:32
 0
लोयल्टीद्वारा एसईई उत्तीर्ण विद्यार्थी सम्मानित

काठमाडौं ।

 लोयल्टी एकेडेमीले १७ औं ब्याचमा एसईईको उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । दिक्षान्त तथा सम्मान कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका नगर प्रमुख मिठाराम अधिकारीले पालिकाको गौरव र प्रतिष्ठाको प्रतिकका रुपमा रहेको बताएका छन् । उनले यस विद्यालयको कारण बुढानीलकण्ठ नगरपालिकाको शिक्षामा सुधार भएको दाबी गरे । उनले हाम्रो नगरपालिकाभित्र पर्ने यस विद्यालयले  निजी क्षेत्रको नमुना विद्यालयको रुपमा रहेको बताए ।

 नगर प्रमुख अधिकारीले उत्तीर्ण सबै विद्यार्थीलाई बधाई दिंदै   आगामी दिनमा शैक्षिक यात्राको शुभकामना दिएका थिए । यस विद्यालय हरेक वर्ष अब्बल र उत्कृष्ट सावित हुँदै  गएको उल्लेख गर्दै विद्यालयको  व्यवहारिक शिक्षा प्रसंसयोग्य रहेको बताए । अहिले हरेक विद्यार्थीको लक्ष्य स्वदेशमै बसेर भविष्य खोज्ने भन्दा पनि विदेश जाने किसिमको मनोविज्ञानलाई तोड्न जरुरी रहेको र आफ्नो नगरपालिकाले त्यसको अभ्यास गरिरहेको पनि जानकारी दिए ।

विद्यालयका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फेले राम्रो नतिजा ल्याएर विद्यालयको इमान उचाइमा पु¥याउन सफल भएको उल्ले गर्दै एसईई उत्तीर्ण सबै विद्यार्थीहरुलाई बधाई  दिए ।  उनले विद्यालयको गुणस्तरलाई कायम गर्न दिनरात नभनी काम गर्ने शिक्षक तथा कर्मचारी तथा हौसला दिने अभिभावकलाई पनि धन्यवाद दिए ।

 विद्यालयका प्रिन्सिपल वीरेन्द्र कुरुम्बाङले विद्यार्थीहरुले अथक मेहनत गरेर उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा हर्षित भएको बताए । १७औं ब्याचमा ७६ जनाले परीक्षा दिएकोमा शतप्रतिशत नै उत्तीर्ण भएको उनको भनाई थियो ।  यो समय हाम्रो लागि निकै नै खुसिको समय हो ४७ जनाले ए प्लस, २७ जनाले ए र १ जनाले बी प्लस ल्याएर ल्याउन सफल भएका छन् । आगामी दिनमा थप उत्कृष्ट नतिजा ल्याउन सबैको मेहेनत आवश्यक छ–उनको भनाई थियो ।

प्रिन्सिपल कुरुम्बाङले प्लस टुसम्म पनि अध्ययन हुने यस विद्यालयमा त्यो उच्च शिक्षालाई पनि राम्रो बनाउने प्रयासमा लागेको जानकारी दिए । विद्यालयका प्लस टु संयोजक इन्द्रप्रसाद गौतमले कार्यक्रमको सञ्चालन गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register