प्रचण्डको क्यारिकेचरबाट चर्चित घनश्यामको प्रचण्डकै आश गर्दागर्दै निधन

‘कमरेड प्रचण्डज्यू क्यान्सर लागेर थलिएको मान्छेलाई झुटो आशा देखाएर वचन दिएर हिँड्नुभयो भयो । अलिकति पनि दया लागेन तपाईंलाई ? अझै पनि वचन पूरा गर्न आह्वान गर्छु क्यान्सर पीडित मेरो श्रीमान्लाई दिएको वचन पूरा गर्नुस् ।’ गत आइतबारमात्र कलाकार घनश्याम गौतमकी श्रीमती योगज्योति गौतमले विलौना गर्दै घनश्यामको फेसबुक खाताबाट पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र घनश्यामको […]

Jun 5, 2025 - 03:49
 0
प्रचण्डको क्यारिकेचरबाट चर्चित घनश्यामको प्रचण्डकै आश गर्दागर्दै निधन

‘कमरेड प्रचण्डज्यू क्यान्सर लागेर थलिएको मान्छेलाई झुटो आशा देखाएर वचन दिएर हिँड्नुभयो भयो । अलिकति पनि दया लागेन तपाईंलाई ? अझै पनि वचन पूरा गर्न आह्वान गर्छु क्यान्सर पीडित मेरो श्रीमान्लाई दिएको वचन पूरा गर्नुस् ।’ गत आइतबारमात्र कलाकार घनश्याम गौतमकी श्रीमती योगज्योति गौतमले विलौना गर्दै घनश्यामको फेसबुक खाताबाट पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र घनश्यामको तस्विरसहित लेखेकी थिइन्। पीडाले छटपटाइरहेका श्रीमान्को उपचार सहयोगको लागि सामाजिक सञ्जालमार्फत प्रचण्डलाई आह्वान गरेकी योगज्योतिले त्यसको भोलीपल्टै सोमबार राति आफ्नो श्रीमान् सदाका लागि गुमँइन् ।


प्रचण्डको अभिनय गरेर दर्शकलाई मनोरञ्जन गराउँदै आएका कलाकार घनश्याम गौतमले उपचारकै क्रममा सोमबार राति १२ः१० बजे भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टर अस्पतालको शैयामा अन्तिम श्वास फेरे ।दुई वर्षदेखि आन्द्राको क्यान्सरसग लड्दै आएका गौतमको फेसबुक एकाउन्टबाट राति १ बजेको पोस्टमा धनश्यामको तस्विर शेयर गर्दै परिवारजनले उनको निधनको जानकारी गराएका थिए । गौतम चर्चित टेलिभिजन सिरियल मेरी बास्सैमा प्रचण्डको रूपमा गरेको अभिनयबाट धेरैको मनमा बसेका थिए ।

उनले विभिन्न नाटक, हास्य श्रृखला, गाईजात्रा कार्यक्रम, रेडियो नाटक तथा स्टेज कार्यक्रममा प्रस्तुति दिँदै आएका थिए । करिव डेढ महिनाअघि उनी उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएका थिए भने अवस्था जटिल भएपछि केही दिनअघि मात्र काठमाडौं क्यान्सर सेन्टरमा भर्ना भएका थिए । उनको मंगलबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register