अमेरिकाले सिरियाका विद्रोही नेताको टाउकोमा राखेको १० मिलियन डलर इनाम हटायो

काठमाडौं । अमेरिकाले सिरियाका विद्रोही नेता अहमद अल-शारालाई पक्राउ गरेकोमा टाउकोमा राखिएको इनाम हटाएको छ । शारामाथि अमेरिकाले १ करोड डलर (करिब ८५ करोड रुपैयाँ) इनाम राखेको थियो । अमेरिकाले वरिष्ठ कूटनीतिज्ञ र हयात तहरीर अल-शामका प्रतिनिधिहरूसँगको भेटपछि यो कदम चालेको हो । शारा विद्रोही समूह हयात तहरीर अल-शामका प्रमुख हुन् । अमेरिकी सहायक विदेशमन्त्री […]

Dec 21, 2024 - 05:20
 0
अमेरिकाले सिरियाका विद्रोही नेताको टाउकोमा राखेको १० मिलियन डलर इनाम हटायो

काठमाडौं । अमेरिकाले सिरियाका विद्रोही नेता अहमद अल-शारालाई पक्राउ गरेकोमा टाउकोमा राखिएको इनाम हटाएको छ ।

शारामाथि अमेरिकाले १ करोड डलर (करिब ८५ करोड रुपैयाँ) इनाम राखेको थियो ।

अमेरिकाले वरिष्ठ कूटनीतिज्ञ र हयात तहरीर अल-शामका प्रतिनिधिहरूसँगको भेटपछि यो कदम चालेको हो । शारा विद्रोही समूह हयात तहरीर अल-शामका प्रमुख हुन् ।

अमेरिकी सहायक विदेशमन्त्री बारबरा लीफले सारासँगको वार्ता ‘धेरै फलदायी’ भएको र सारा निकै ‘व्यावहारिक’ भएको बताएका छन् ।

सिरियाली राष्ट्रपति बशर अल असदलाई सत्ताबाट हटाएपछि अमेरिकी प्रतिनिधिमण्डल सिरिया पुगेको थियो । अमेरिकाले अझै पनि अहमद अल-शाराको सङ्गठन हयात तहरीर अल-शामलाई आतङ्कवादी सङ्गठन मानेको छ ।

हयात तहरीर अल-शामको अल कायदासँग सम्बन्ध छ, त्यसैले अमेरिकाले उनीमाथि एक करोड डलरको इनाम राखेको थियो ।

अल-जुलानी : जसले अन्त्य गरे असदको २४ वर्षे शासन

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register