महोत्तरीमा घरधनीको हत्या गरी लाखौँकाे सरसामान लुटपाट
जनकपुरधाम । महोत्तरीमा एक व्यक्तिको हत्या गरी लाखौँको लुटपाट भएको छ । मनरासिश्वा नगरपालिका–४ साढा गाउँमा शनिबार बिहान लुटेराहरूको एक समूहले घरधनीको हत्या गरी लाखौँको लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारकाअनुसार स्थानीय ७० वर्षीय सुशील झाको घरमा आज बिहान ४ बजे लुटेराको […]

जनकपुरधाम । महोत्तरीमा एक व्यक्तिको हत्या गरी लाखौँको लुटपाट भएको छ ।
मनरासिश्वा नगरपालिका–४ साढा गाउँमा शनिबार बिहान लुटेराहरूको एक समूहले घरधनीको हत्या गरी लाखौँको लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारकाअनुसार स्थानीय ७० वर्षीय सुशील झाको घरमा आज बिहान ४ बजे लुटेराको समूह पसेर नीज घरधनी झालाई कुटपिट गरेर हत्या गरी लाखौँको लुटपाट गरेका छन् ।
सातरआठ जनाको समूहमा हातहतियारसहित आएका नकाबधारी लुटेराको समूहले आक्रमण गरी झाको हत्या गरेको र घरबाट सुनको मंगलसुत्र एक थान, सुनको औँठी एक थान र ८० हजार नगद लुटेर लगेको प्रहरी नायब उपरीक्षक जैसवारले बताए ।
झाकी पत्नी सामान्य घाइते भएको प्रहरीले जनाएको छ । अन्य के कति सरसामान लुटपाट भएको छ भन्ने बारेमा घटनास्थलमा पुगेर खोजबिन गर्दै गरेको प्रहरीले जनाएको छ ।
What's Your Reaction?






