फ्रेन्चाइज भलिबल प्रतियोगिताको लोगो र नारा सार्वजनिक

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग प्रतियोगिताको लोगो र नारा सार्वजनिक गरिएको छ । बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रुपमा राष्ट्रको झण्डा झल्किएको लोगो र ‘उचाइको नयाँ उडान’ नामक नाराको अनावरण गरे । त्यस अवसरमा मन्त्री […]

Dec 24, 2024 - 15:08
 0
फ्रेन्चाइज भलिबल प्रतियोगिताको लोगो र नारा सार्वजनिक

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग प्रतियोगिताको लोगो र नारा सार्वजनिक गरिएको छ ।

बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रुपमा राष्ट्रको झण्डा झल्किएको लोगो र ‘उचाइको नयाँ उडान’ नामक नाराको अनावरण गरे ।

त्यस अवसरमा मन्त्री चौधरीले निजी क्षेत्रको आकर्षणले नेपाली खेलकुद क्षेत्रको विकासमा सघाउ पुग्ने बताए । केडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत अश्विन केडियाले लिगमा विभिन्न छ टोलीको सहभागिता रहने जानकारी दिए ।

उक्त प्रतियोगिताको सञ्चालनको मिति र टोली भने चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ । पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघ र केडिया ग्रुपबीच यसअघि नै सात वर्षका लागि सम्झौता भएको थियो ।

कार्यक्रममा श्रीलंकामा आयोजना भएको काभा यु–२० पुरुष भलिबलको रजत विजेता नेपाली यु–२० राष्ट्रिय टोलीलाई सम्मानसमेत गरिएको छ । श्रीलंकामा पहिलो पटक आयोजना भएको उक्त च्याम्पियनसिपमा नेपालले रजत पदक जितेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register