भारत–पाकिस्तान संघर्षमा नेपालले एसिया कप खेल्न पाउने भएको हो ?

काठमाडौं । सोमबार भारतीय सञ्चार माध्यम इन्डियन एक्सप्रेसमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पाकिस्तान सहभागी हुने प्रतियोगिता नखेल्ने आफ्नो निर्णयबारे एसिएन क्रिकेट काउन्सिल (एसीसीलाई) लाई जानकारी गराएको रिपोर्ट प्रकाशित भएसँगै अब त्यस स्थानमा नेपाल सहभागी हुने चर्चा चल्यो । बीसीसीआईले श्रीलंकामा अर्को महिना हुने महिला इमर्जिङ टिम्स एसिया कप र सेप्टेम्बरमा हुने पुरुष एसिया […]

May 20, 2025 - 12:18
 0
भारत–पाकिस्तान संघर्षमा नेपालले एसिया कप खेल्न पाउने भएको हो ?

काठमाडौं । सोमबार भारतीय सञ्चार माध्यम इन्डियन एक्सप्रेसमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पाकिस्तान सहभागी हुने प्रतियोगिता नखेल्ने आफ्नो निर्णयबारे एसिएन क्रिकेट काउन्सिल (एसीसीलाई) लाई जानकारी गराएको रिपोर्ट प्रकाशित भएसँगै अब त्यस स्थानमा नेपाल सहभागी हुने चर्चा चल्यो ।

बीसीसीआईले श्रीलंकामा अर्को महिना हुने महिला इमर्जिङ टिम्स एसिया कप र सेप्टेम्बरमा हुने पुरुष एसिया कपको आयोजकबाट पनि पछि हट्ने बताएको दाबी गरिएको थियो ।

यसपछि नेपालको एसिया कप खेल्ने सम्भावना भन्दै एक किसिमको हलचल मचियो । तर, यो मच्चियो मच्चियो थच्चियो भनेझैँ भयो ।

बीसीसीआईले यस खबरलाई नकारेको छ । बीसीसीआईका सेक्रेटरी  देवजित सैकियाले ती रिपोर्टमा सत्यता नभएको बताएका छन् । सोमबार बेलुकी नै टाइम्स अफ इन्डियासँग उनले ती खबरहरूमा सत्यता नभएको बताएका छन् । बीसीसीआईमा एसीसी इभेन्टबाट पछि हट्ने विषयमा पनि कुनै छलफल नभएको र एसीसीलाई पत्राचार गर्ने कुरा त टाढाकै भएको सैकियाले बताएका छन् । उनले यसबेला बीसीसीआईको सम्पूर्ण ध्यान आईपीएल तथा पुरुष र महिलाको इंग्ल्याण्ड सिरिजमा भएको स्पष्ट पारे ।

एसिया कपको विषय र कुनै पनि एसीसी इभेन्टको चर्चा छलफलमा नआएको र त्यससम्बन्धी आएको खबर सबै तथ्यहीन र भ्रामक भएको उनले स्पष्ट पारे । बीबीसीआईले एसीसी इभेन्टसम्बन्धी कुनै पनि निर्णय मिडियामार्फत नै घोषाणा गर्ने पनि बताए ।

यससँगै हाललाई अफगानिस्तान, बंगलादेश, पाकिस्तान, श्रीलंका, भारत, हङकङ, ओमान, र यूएईले एसिया कप खेल्ने देखिएको छ ।

हल्लाको केन्द्रमा भारत र पाकिस्तानबीचको तनाव

बीसीसीआईले एसीसीका प्रतियोगिता नखेल्ने हल्लामा भारत र पाकिस्तानको पछिल्लो समय उत्पन्न भएको संघर्षलाई केन्द्रमा राखिएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अध्यक्ष मोहसिन नकबी एसीसीको प्रमुख छन् । नकबी पाकिस्तान क्रिकेट बोर्डका मात्र नभई सरकारमा आन्तरिक मन्त्री हुन् । त्यसैले पनि भारतले अहिलको परिस्थितिमा एसीसीका प्रतियोगिता नखेल्ने दाबी गरिएको हो ।

बीसीसीआईका एक अज्ञात स्रोतलाई उदृत गर्दै भारतीय राष्ट्रिय दैनिक इन्डियन एक्सप्रेसले रिपोर्टमा लेख्यो, ‘पाकिस्तानी मन्त्री प्रमुख भएको एसीसीले आयोजना गर्ने प्रतियोगितामा भारतीय टोली खेल्न सक्दैन । यो राष्ट्रको भावना हो । महिला इमर्जिङ टिम्स् एसिया कपबाट पछि हट्ने कुरा तथा भावी प्रतियोगितामा सहभागी हुने नहुने विषय पनि होल्डमा भएको हामीले मौखिक रुपमा एसीसीसँग छलफल गरेका छौँ । हामी भारतीय सरकारसँग निरन्तरत सम्पर्कमा छौँ ।’

भारत–पाकिस्तान खेल नहुँदा एसिया कपमा पर्ने असरको अध्ययन

इन्डियन एक्सप्रेसको सो रिपोर्टसँगै एसिया कपमा भारतमा भएन भने के हुन्छ भन्ने प्रश्न पनि उब्जियो । यसले भारतमा आगामी सप्टेम्बरका लागि तय भएको पुरुषको एसिया कप के हुन्छ भन्ने विषयलाई पनि अन्योलमा पारेको छ ।

भारतीय क्रिकेट बोर्डले भारतीय टोलीको अनुपस्थितिमा एसिया कप गर्नु आफैँमा सहज नहुने पनि आशय व्यक्त गरिएको छ । साथसाथै एसिया कपमा पाकिस्तान र भारतको खेल भएन भने त्यस प्रतियोगिताको औचित्य के हुन्छ भन्ने पनि प्रश्न उठेको छ ।

भारतले एसिया कप नखेलेमा कस्तो आर्थिक सम्झौँताहरूलाई असर पर्छ भन्ने पनि चर्चा भएको छ । सन् २०२४ मा सोनी पिक्चर्स नेटवर्कस इन्डिया (एसपीएनआई)ले १७० मिलियन अमेरिकीमा डलरमा आगामी ८ वर्षका लागि एसिया कपको मिडिया राइट्स किनेको थियो । यदि प्रतियोगिता नहुने भएमा यस सम्झौतालाई पनि सोनीले पुनर्विचार गर्ने  सम्भावना रहेको चर्चा भारतीय सञ्चार माध्यमहरूमा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register