भीरबाट लडेर महिलाको मृत्यु
सुर्खेत । जाजरकोटमा बाख्रा चराउन जङ्गल गएकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । नलगाड नगरपालिका-७ खगेनकोटकी ४१ वर्षीया धनी परियारको बाख्रा फर्काउन गएको बेला चिप्लेर भीरबाट खसेर मृत्यु भएको हो । परियार बिहीबार अपरान्ह गाउँ नजिकैको कोटखोला जङ्गलमा बाख्रा चराउन गएकी थिइन् । साँझ ५ बजेतिर बाख्रा मात्रै घर आएपछि परिवारले खोजी गरेको […]

सुर्खेत । जाजरकोटमा बाख्रा चराउन जङ्गल गएकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।
नलगाड नगरपालिका-७ खगेनकोटकी ४१ वर्षीया धनी परियारको बाख्रा फर्काउन गएको बेला चिप्लेर भीरबाट खसेर मृत्यु भएको हो ।
परियार बिहीबार अपरान्ह गाउँ नजिकैको कोटखोला जङ्गलमा बाख्रा चराउन गएकी थिइन् ।
साँझ ५ बजेतिर बाख्रा मात्रै घर आएपछि परिवारले खोजी गरेको थियो ।
लडेर अचेत अवस्थामा भेटिएपछि धनीलाई नलगाड आधारभूत अस्पतालमा उपचारमा पुर्याइएको थियो । तर, उपचारको क्रममा मृत्यु भएको हो ।
What's Your Reaction?






