दक्षिण कोरियामा विमान दुर्घटना : धावनमार्ग नजिकै पर्खाल नभएको भए यात्रु बाँच्थे ?

काठमाडौं । दक्षिण कोरियाको विमान दुर्घटनामा उड्डयन विशेषज्ञहरूले धावनमार्ग नजिकै निर्माण गरिएको ‘असामान्य’ कंक्रीट पर्खालको भूमिकाबारे प्रश्न उठाएका छन् । आइतबार भएको दुर्घटनामा १७९ जनाको मृत्यु भएको थियो । दुर्घटनाको फुटेजमा जेजु एअरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट अवतरण गर्ने क्रममा पर्खालमा ठोक्किएको र तुरुन्तै आगोमा लागेको देखिन्छ । दक्षिण कोरियाको सबैभन्दा खराब विमान दुर्घटनाको […]

Dec 31, 2024 - 05:53
 0
दक्षिण कोरियामा विमान दुर्घटना : धावनमार्ग नजिकै पर्खाल नभएको भए यात्रु बाँच्थे ?

काठमाडौं । दक्षिण कोरियाको विमान दुर्घटनामा उड्डयन विशेषज्ञहरूले धावनमार्ग नजिकै निर्माण गरिएको ‘असामान्य’ कंक्रीट पर्खालको भूमिकाबारे प्रश्न उठाएका छन् । आइतबार भएको दुर्घटनामा १७९ जनाको मृत्यु भएको थियो ।

दुर्घटनाको फुटेजमा जेजु एअरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट अवतरण गर्ने क्रममा पर्खालमा ठोक्किएको र तुरुन्तै आगोमा लागेको देखिन्छ ।

दक्षिण कोरियाको सबैभन्दा खराब विमान दुर्घटनाको कारणको अनुसन्धान गरिरहेका अधिकारीले रनवेबाट करिब २५० मिटर नजिक कंक्रीटको पर्खाल बनाउनुलाई जिम्मेवारको रुपमा हेरेका छन् ।

वायु सुरक्षा विशेषज्ञ डेभिड लेर्माउन्ट भन्छन्, ”यदि पर्खाल त्यहाँ नभएको भए विमान “रोकिएको” हुने थियो र धेरैजसो वा सम्भवतः सबै यात्रुहरू जीवितै हुनसक्थे ।”

तर, दुर्घटनाअघि पाइलटले भनेका थिए, ”विमान चरासँग ठोक्किएको छ ।” चराले ठक्कर दिएपछि पाइलटले अवतरण रुट परिवर्तन गरे र विपरीत दिशाबाट अवतरण गर्न अनुमति मागे ।

विमान २,८०० मिटर लामो रनवेमा पाङ्ग्रा वा अन्य कुनै पनि ल्यान्डिङ गियर प्रयोग नगरी अवतरण भएको देखिन्छ ।

उड्डयन विशेषज्ञ लियरमाउन्टले भने, “रनवेमा विमानको अवतरण ‘फ्ल्यापलेस/गियरलेस ल्यान्डिङ’को समयमा हासिल गर्न सकिने जति राम्रो थियो ।”

यसको मतलब पखेटाहरू समतल थिए । विमानको अगाडिको भाग त्यति अग्लो थिएन कि यसको पछाडिको भाग ठोक्कियोस् ।

धावनमार्गमा चिप्लिए पनि विमानमा खासै क्षति नभएको उनको भनाइ छ ।

उनले भने, “यति धेरै मानिसको मृत्युको कारण अवतरण थिएन । उनीहरुको मृत्युको कारण धावनमार्गको छेउमा रहेको कंक्रीटको पर्खाल थियो ।”

“सामान्यतया रनवेपछि एयरपोर्टको अन्त्यमा पर्खाल हुँदैन,” जर्मनीको म्युनिखमा रहेको लुफ्थान्सा एयरलाइन्सका पाइलट क्रिस्टियन बेकर्टले कंक्रीटको पर्खाललाई “असामान्य” भन्दै रोयटर्स समाचार एजेन्सीलाई भने ।

दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीकाअनुसार उक्त कंक्रीटको पर्खालमा नेभिगेसन प्रणाली जडान गरिएको थियो, जसले विमानलाई अवतरण गर्न मद्दत गर्छ ।

दक्षिण कोरियाको यातायात मन्त्रालयले के भन्यो ?

दक्षिण कोरियाको यातायात मन्त्रालयले देशका अन्य विमानस्थल र केही विदेशी विमानस्थलमा पक्की संरचनासहित उपकरण जडान गरिएको जनाएको छ ।

यद्यपि, अधिकारीहरूले त्यस्ता पक्की पर्खालहरू सजिलै भाँच्नका लागि अलि कमजोर बनाउन सकिन्थ्यो कि भनेर अनुसन्धान गर्ने तयारी गरेका छन् ।

४८ वर्षको अनुभव भएका पाइलट क्रिस किंग्सवुडले त्यही विमान उडाए, जुन दुर्घटनामा परेको थियो ।

“रनवेको निश्चित दायरा र दूरी भित्रका अवरोधहरू ‘कमजोर’ हुनु आवश्यक छ, यसको मतलब यदि विमानले तिनीहरूलाई ठक्कर दियो भने तिनीहरू भाँच्निनुपर्छ,” किंग्सवुडले भने ।

आफ्नो कुराको व्याख्या गर्दै किंग्सवुड भन्छन्, ”जहाँसम्म मैले बुझेको छु, विमान धावनमार्गमा निकै तीव्र गतिमा गुडिरहेको थियो र यो धावनमार्गभन्दा बाहिर राम्रोसँग अवतरण भएको थियो । विमान रनवे र पर्खालमा ठोक्कियो भन्ने कुराको छानबिन हुनुपर्छ ।”

“विमानहरू बलियो हुँदैनन् । तिनीहरू जानाजानी सकेसम्म हल्का बनाइएका हुन्छन् । विमानहरू तीव्र गतिमा तिनीहरूको बडी रनवेमा अवतरण गर्न डिजाइन गरिएको होइन ।”

“विमानको पखेटामा इन्धन जम्मा हुन्छ । त्यसैले पखेटा फुट्दा आगो लाग्ने सम्भावना धेरै हुन्छ । त्यसैले पर्खाल नभइदिएको भए नतिजा फरक हुन्थ्यो भन्ने निश्चित छैन ।”

उनले भने, “विश्वका धेरै ठूला अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्‍यौं भने त्यहाँ धेरै अवरोधहरू भेटिन्छन् कि भन्ने डर छ । खतरा पैदा गर्न सक्ने अवरोधहरू ।”

उड्डयन विश्लेषक सेली गेथिनले प्रश्न गर्छन् – पाइलटलाई रनवेको छेउमा कंक्रीटको पर्खाल छ भन्ने थाहा थियो ?

“हामीले पाइलटहरूलाई रनवेको अन्त्यमा प्रबलित पर्खाल छ कि भनेर थाहा दिन आवश्यक छ,” उनले भने, “हामीले जान्न आवश्यक छ कि पाइलटहरूलाई रनवे प्रयोग गर्न बन्द गर्न निर्देशन दिइएको थियो । ब्ल्याक बक्सको छानबिनमा यो कुरा बाहिर आउनुपर्छ । मलाई लाग्छ त्यहाँ धेरै प्रश्न छन् ।”

-बीबीसीबाट

६ विमान दुर्घटनामा २३६ जनाको मृत्यु, २०२४ को डिसेम्बर हवाई क्षेत्रका लागि कालो महिना

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register