नाै तस्वीरमा हेरौँ अष्ट्रेलियादेखि अमेरिकासम्म मनाइएको नयाँ वर्ष
काठमाडौं । प्रायः संसारभरका मानिसले इस्वी संवत् २०२५ लाई उत्सवका साथ स्वागत गरेका छन् । यस अवधिमा मानिसहरूले रंगीन आतसबाजी र लाइट शोको आनन्द लिए । ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष मनाउनका लागि ३१ डिसेम्बर राति अष्ट्रेलियाको सिड्नीलाई विभिन्न लाइटले रंगीन बनाइएको थियो । यस्तै साे राति भारतको राजधानी नयाँ दिल्लीस्थित इन्डिया गेटमा मानिसहरू पुगेका थिए […]

काठमाडौं । प्रायः संसारभरका मानिसले इस्वी संवत् २०२५ लाई उत्सवका साथ स्वागत गरेका छन् । यस अवधिमा मानिसहरूले रंगीन आतसबाजी र लाइट शोको आनन्द लिए ।
ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष मनाउनका लागि ३१ डिसेम्बर राति अष्ट्रेलियाको सिड्नीलाई विभिन्न लाइटले रंगीन बनाइएको थियो ।
यस्तै साे राति भारतको राजधानी नयाँ दिल्लीस्थित इन्डिया गेटमा मानिसहरू पुगेका थिए ।
मुम्बईमा पनि नयाँ वर्ष मनाउन मानिस एकैठाउँ भेला भए ।
यस्तै इटालीको रोममा मानिसहरूले नयाँ वर्षलाई भव्य रुपमा मनाए ।
बेलायतको लण्डनमा पनि नयाँ वर्ष सुरु भएको छ ।
नेदरल्याण्ड्सको एम्स्टर्डममा नयाँ वर्षलाई स्वागत गर्न जनतामा निकै उत्साह देखिएको छ ।
फ्रान्सको पेरिसमा समेत मानिसहरूले नयाँ वर्षलाई भव्य रुपमा स्वागत गरेका छन् ।
नयाँ वर्षको अवसरमा जोनास ब्रदर्सले अमेरिकाको न्युओर्कको टाइम्स स्क्वायरमा प्रदर्शन गरेको छ ।
यता नेपालमा पनि इस्वी संवतको नयाँ वर्ष मनाइएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंको ठमेल, बौद्ध, पोखरा, चितवनको सौराहा, लुम्बिनी, तनहुँको बन्दीपुरलगायत स्थानमा ‘न्यू इयर इभ’का नाममा यो संवत् मनाइयो ।

मङ्गलबार बेलुकीदेखि नै राजधानीको ठमेल, बौद्ध, स्वयम्भू, नयाँ सडकलगायत क्षेत्रमा विशेष चहलपहल देखिएको छ । –बीबीसी हिन्दीको सहयोगमा
यसरी सुरु भएको थियो इस्वी संवत्को नयाँ वर्ष
What's Your Reaction?






