विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन
टोकियो । विश्वकै सबैभन्दा वृद्ध व्यक्ति जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको छ । चार छोराछोरी तथा पाँच नातिनातिना भएकी इटोकाको नर्सिङ होममा मृत्यु भएको दक्षिणी सहर आशियाका मेयरले एक विज्ञप्तिमार्फत जानकारी दिए । उनको जन्म आशिया नजिकैको ओसाकाको वाणिज्य केन्द्रमा सन् १९०८ मे २३ मा भएको थियो । स्पेनकी मारिया ब्रान्यास […]

टोकियो । विश्वकै सबैभन्दा वृद्ध व्यक्ति जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको छ ।
चार छोराछोरी तथा पाँच नातिनातिना भएकी इटोकाको नर्सिङ होममा मृत्यु भएको दक्षिणी सहर आशियाका मेयरले एक विज्ञप्तिमार्फत जानकारी दिए ।
उनको जन्म आशिया नजिकैको ओसाकाको वाणिज्य केन्द्रमा सन् १९०८ मे २३ मा भएको थियो ।
स्पेनकी मारिया ब्रान्यास मोरेराको ११७ वर्षको उमेरमा अगस्ट सन् २०२४ मा मृत्यु भएपछि इटोकालाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता दिइएको थियो ।
What's Your Reaction?






