बीवाईडीले उत्पादन गर्यो १ करोड ३० लाख न्यू इनर्जी भेइकल

काठमाडौं । न्यू इनर्जी भेइकल्स (एनईभीज) क्षेत्रमा विश्वकै अग्रणी सवारी निर्माता कम्पनी बीवाईडीले १ करोड ३० लाखौं युनिट सवारी साधन उत्पादन गरेको छ । चीनको सेन्झेन–शानवेई स्पेसल कोअपरेसन जोनमा रहेको जियाओमो प्रोडक्सन बेसमा माइलस्टोन मोडलको रुपमा याङवाङ यु७ लाई कम्पनीले १ करोड ३० लाखौं सवारीको रुपमा सार्वजनिक गरेको हो । सन् २०२५ को पहिलो अर्धवार्षिक […]

Jul 24, 2025 - 12:17
 0
बीवाईडीले उत्पादन गर्यो १ करोड ३० लाख न्यू इनर्जी भेइकल

काठमाडौं । न्यू इनर्जी भेइकल्स (एनईभीज) क्षेत्रमा विश्वकै अग्रणी सवारी निर्माता कम्पनी बीवाईडीले १ करोड ३० लाखौं युनिट सवारी साधन उत्पादन गरेको छ । चीनको सेन्झेन–शानवेई स्पेसल कोअपरेसन जोनमा रहेको जियाओमो प्रोडक्सन बेसमा माइलस्टोन मोडलको रुपमा याङवाङ यु७ लाई कम्पनीले १ करोड ३० लाखौं सवारीको रुपमा सार्वजनिक गरेको हो ।

सन् २०२५ को पहिलो अर्धवार्षिक अवधिमा बीवाईडीको बिक्री लगातार रुपमा बढिरहेको छ । गत जनवरीदेखि जूनसम्मको अवधिमा बीवाईडीको घरेलु बिक्रीमा गत वर्षको यही अवधिको तुलनामा ३१.५ प्रतिशत वृद्धि भई २१ लाख १३ हजार युनिट पुगेको छ । त्यसैगरी यही अवधिमा अन्तर्राष्ट्रिय बिक्री १२८.५ प्रतिशत वृद्धि भई ४ लाख ७२ हजार युनिट पुगेको छ ।

यही उत्कृष्ट बजार प्रदर्शनका कारण ग्लोबल न्यू इनर्जी भेइकल बिक्रीमा बीवाईडी पहिलो स्थानमा रहन सफल भएको छ र, १ करोड ३० लाख न्यू इनर्जी भेइकल सार्वजनिक गर्ने विश्वकै पहिलो सवारी निर्माता कम्पनीसमेत बनेर यो उद्योगमै एक महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

प्रोडक्सन लाइनमा १ करोड ३० लाखौं सवारीको रुपमा न्यू इनर्जी भेइकल सार्वजनिक गरेको छ र यसले बीवाईडीले घरेलु र अन्तर्राष्ट्रिय दुवै बजार र प्रयोगकर्ताहरूको आशा र विश्वासलाई प्रतिविम्बित गरेको छ ।

याङवाङ १० हजार युनिट बिक्री पार गर्ने चीनको पहिलो अल्ट्रा–लक्जरी अटोमोटिभ ब्रान्डको रुपमा परिचित छ । साथै, उच्च–गुणस्तरीय उपभोक्ता बजारमा यसले प्राविधिक निपुणता र ब्रान्ड भ्याल्युका लागि छुट्टै पहिचान बनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register