प्रतिनिधिसभा बैठक दिउँसो १ः३० बजेका लागि सर्यो
काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बस्ने बैठकको समय परिवर्तन गरिएको छ । मंगलबार बिहान ११ बजे डाकिएको बैठक दिउँसो १ः३० बजेका लागि सारिएको संघीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिनुभयाे ।
मंगलबार ११ बजेको प्रतिनिधिसभा बैठक विशेष कारणवस उक्त समयमा बस्न नसक्ने भएकाले आजै १ः३० बजे बस्ने गरी सभामुख देवराज घिमिरेले सारेको उहाँले जारी गरेको सूचनामा उल्लेख छ ।
What's Your Reaction?






