भूकम्पबाट चीनमा नौ जनाको मृत्यु, नेपालमा भएन कुनै क्षति

काठमाडौं । मंगलबार बिहान गएको भूकम्पबाट चीनमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । साथै भूकम्पबाट केही घरहरूमा क्षति पुगेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । चीनको तिब्बत केन्द्रविन्दु भएर मंगलबार बिहान शक्तिशाली भूकम्प गएको थियो । पूर्वी हिमाली जिल्लाहरू दोलखा, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङनजिकै पर्ने दिङ्गे काउन्टी केन्द्रविन्दु भएर ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको राष्ट्रिय […]

Jan 7, 2025 - 04:08
 0
भूकम्पबाट चीनमा नौ जनाको मृत्यु, नेपालमा भएन कुनै क्षति

काठमाडौं । मंगलबार बिहान गएको भूकम्पबाट चीनमा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

साथै भूकम्पबाट केही घरहरूमा क्षति पुगेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

चीनको तिब्बत केन्द्रविन्दु भएर मंगलबार बिहान शक्तिशाली भूकम्प गएको थियो ।

पूर्वी हिमाली जिल्लाहरू दोलखा, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङनजिकै पर्ने दिङ्गे काउन्टी केन्द्रविन्दु भएर ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यद्यपि, यसको नेपाल आइपुग्दाको शक्ति भने ५.३ म्याग्निच्युडको मात्र रहेको पाइएको छ ।

मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा आएको भूकम्पले पूर्वी क्षेत्रमा बढी हल्लाएको थियो ।

साथै काठमाडौंलगायत मध्य क्षेत्रमा पनि भूकम्पको झड्का राम्रैगरी महसुस भएको थियो ।

काठमाडौंमा केही समयसम्म भूकम्पको कम्पन रहेको थियो । यसले गर्दा काठमाडौं निवासी सडकमा निस्किए भने चराहरू उडेका थिए ।

साथै धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक मकवानपुर, बारालगायत जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।

भूकम्पको महसुस भारत, भुटान र बंगलादेशमा पनि भएको थियो ।

भूकम्पबाट नेपालमा भने कुनै मानवीय र अन्य क्षति नभएको प्रधानमन्त्रीको सरकारले जनाएको छ ।

पछिल्लो समय नेपालमा लगातार भूकम्प गइरहेको छ । यही पुस १९ गते मुगु र मनाङमा भूकम्प गएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register