चामलबारे दिएको भाषणले राजीनामा दिन बाध्य भए जापानका कृषिमन्त्री

काठमाडौं । चामलको बढ्दो मूल्यको सामना गरिरहेको जापानमा चामलबारे दिएको भाषणले सार्वजनिक आक्रोश निम्त्याएपछि त्यहाँका कृषिमन्त्रीले राजीनामा दिएका छन् । टाकु इटोले सप्ताहन्तमा एउटा भेलालाई भनेका थिए, “मैले आफैँ कहिल्यै चामल किनेको छैन किनभने मेरा समर्थकहरूले मलाई यति धेरै दान गरे कि म यसलाई व्यावहारिक रूपमा बेच्न सक्छु ।” चामलको अभावका कारण मूल्य आकाशिएको जापानमा […]

May 21, 2025 - 07:14
 0
चामलबारे दिएको भाषणले राजीनामा दिन बाध्य भए जापानका कृषिमन्त्री

काठमाडौं । चामलको बढ्दो मूल्यको सामना गरिरहेको जापानमा चामलबारे दिएको भाषणले सार्वजनिक आक्रोश निम्त्याएपछि त्यहाँका कृषिमन्त्रीले राजीनामा दिएका छन् ।

टाकु इटोले सप्ताहन्तमा एउटा भेलालाई भनेका थिए, “मैले आफैँ कहिल्यै चामल किनेको छैन किनभने मेरा समर्थकहरूले मलाई यति धेरै दान गरे कि म यसलाई व्यावहारिक रूपमा बेच्न सक्छु ।”

चामलको अभावका कारण मूल्य आकाशिएको जापानमा यो भनाइले ठूलो असर पारेको थियो । गत महिना चामलको मूल्य सन् २०२४ अप्रिलको तुलनामा झन्डै दोब्बर थियो ।

कारकहरूमा सन् २०२३ मा गर्मी मौसमका कारण खराब फसल र गत वर्ष ‘मेगाक्वेक’ (ठूलो भूकम्प) चेतावनीद्वारा प्रेरित आपत्‌कालीन खरिदका साथै पर्यटन उद्योगको वृद्धि समावेश छ ।

सरकारले मूल्य घटाउने प्रयासमा आफ्नो आपत्‌कालीन चामल भण्डारको केही हिस्सा जारी गर्न बाध्य भएको छ र अहिलेसम्म थोरै सफलता मिलेको छ ।

इटोको टिप्पणीलाई मुख्य विपक्षी कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टी अफ जापानका महासचिव जुन्या ओगावाले ‘अत्यन्त अनुचित, वास्तविकताबाट टाढा र असहनीय’ भन्दै आलोचना गरेका थिए ।

खाद्य पदार्थको उच्च मूल्यका कारण खराब जनमत रेटिङ भएका प्रधानमन्त्री सिगेरु इसिबाले मन्त्रीको टिप्पणीलाई ‘अत्यन्त दुर्भाग्यपूर्ण’ भन्दै निन्दा गरे ।

“अहिले चामलको बढ्दो मूल्यको समाधान गर्नु कृषिमन्त्रीको काम हो । म उहाँबाट समाधानको अपेक्षा गर्छु”, इसिबाले पत्रकारसँग भनेका थिए ।

विपक्षी दलहरूले इसिबाको अल्पमत सरकारविरुद्ध अविश्वासको प्रस्ताव दायर गर्ने धम्की दिएको बताइएको छ, जसले जुलाईमा माथिल्लो सदनको कठिन चुनावको सामना गर्दैछ ।

इटोले आफूले अतिरञ्जित गरेको र आफ्नी श्रीमतीले सुधार गरेको भन्दै टिप्पणीहरू फिर्ता लिन खोजेका थिए ।

बुधबार बिहान इटोले पत्रकारहरूलाई प्रधानमन्त्रीको ‘धेरै कडा शब्दहरू’ पछि राजीनामा दिएको बताए ।

पछि इसिबाले माथिल्लो सदनको सत्रमा ‘कृषि नीतिले काम गर्न रोक्न सक्दैन भन्ने दृष्टिकोणबाट उनको राजीनामा स्वीकृत गरेको’ बताए ।

“म जापानी जनतासँग माफी माग्छु किनकि मैले उहाँलाई नियुक्त गरेको मेरो जिम्मेवारी हो”, इसिबाले भने, “चामलको मूल्य उच्च रहिरहेको एक पटकको घटना होइन तर संरचनात्मक हो भन्ने मलाई लाग्छ । हामीले यसबारे पूर्ण छलफल गर्नुपर्छ र अवश्य पनि ती (चामलको मूल्य) घट्नुपर्छ ।”

इटोको उत्तराधिकारीका रूपमा इसिबाले मिडिया–प्रेमी पूर्ववातावरण मन्त्री एवं लोकप्रिय पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा सिन्जिरो कोइजुमीको नाम दिएका छन् । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register