पत्रकार भण्डारी साधना र घिमिरेलाई युवा पत्रकारिता पुरस्कार

बिर्तामोड, २२ असार । पत्रकार अम्बिका भण्डारी एक लाख राशिको ‘नारी सञ्चार साधना पत्रकारिता पुरस्कार’बाट सम्मानित भएकी छन् । नारी सञ्चार गृह झापाले आज आयाजना गरेको पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा पत्रकार भण्डारीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी एक लाख १ हजार रहेको छ । प्रमुख अतिथि बिर्तामोडकी नगरप्रमुख पवित्रा महतरा प्रसाईले [...] The post पत्रकार भण्डारी साधना र घिमिरेलाई युवा पत्रकारिता पुरस्कार appeared first on Jhapa Online.

Jul 6, 2025 - 18:05
 0
पत्रकार भण्डारी साधना र घिमिरेलाई युवा पत्रकारिता पुरस्कार

बिर्तामोड, २२ असार । पत्रकार अम्बिका भण्डारी एक लाख राशिको ‘नारी सञ्चार साधना पत्रकारिता पुरस्कार’बाट सम्मानित भएकी छन् ।

नारी सञ्चार गृह झापाले आज आयाजना गरेको पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा पत्रकार भण्डारीलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कारको राशी एक लाख १ हजार रहेको छ । प्रमुख अतिथि बिर्तामोडकी नगरप्रमुख पवित्रा महतरा प्रसाईले भण्डारीलाई पुरस्कार प्रदान गरेकी थिइन् । पत्रकारिताको माध्यमबाट समाजमा पुर्याएको योगदानको कदरस्वरुप पत्रकार भण्डारीलाई सम्मान गरिएको हो ।

राष्ट्रिय समाचार समिति झापाकी विशेष समाचारदाता, लोकतन्त्र पोस्ट अनलाइनकी सम्पादक भण्डारी नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिकी उपाध्यक्ष, प्रेस चौतारी नेपालकी पूर्व केन्द्रीय सदस्य समेत हुन् ।

पत्रकार घिमिरे पुरस्कृत

त्यसैगरी, नारी सञ्चार गृह झापाले नारी सञ्चार युवा पत्रकारिता पुरस्कारबाट पत्रकार चिरञ्जीवी घिमिरेलाई प्रदान गरेको छ ।

नगद २५ हजार रुपैयाँको उक्त पुरस्कार प्रमुख अतिथि प्रसाईले प्रदान गरिन् । पुरस्कृत घिमिरे नयाँ पत्रिका दैनिकका झापा समाचारदाता हुन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रसाई, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, पुरस्कृत प्रतिभाको तर्फबाट पत्रकार भण्डारीले लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

सो अवसरमा पुरस्कृत प्रतिभाको परिचय नारी सञ्चार गृहकी पूर्व अध्यक्ष भीमा शिवाकोटीले र पुरस्कृत हुनेहरुको घोषणा पूर्व अध्यक्ष सावित्रा दाहालले गरेकी थिइन् ।

कार्यक्रममा निवर्तमान कार्य समितिकी अध्यक्ष गौतमले नयाँकार्य समितिकी अध्यक्ष स्वस्तिका आचार्यलाई माइन्यूट दिएर पद हस्तान्तरण गरेकी थिइन् ।

नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष जोसना श्रेष्ठले र सञ्चालन सचिव मायामितु न्यौपानेले गरेकी थिइन् ।

The post पत्रकार भण्डारी साधना र घिमिरेलाई युवा पत्रकारिता पुरस्कार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register