नारायणी डेभलपमेन्ट बैंकलाई कारवाही गर्ने राष्ट्र बैंकको तयारी, पोखरा फाइनान्स पनि लिस्टमा !  

काठमाडौँ । वित्तीय अवस्था झनझन् बिग्रिँदै गएपछि नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई कारवाहीको तयारी गरेको छ । यसअघि एकपटक समस्याग्रस्त घोषणा भएर पुनः सञ्चालन अनुमति पाएको बैंकलाई फेरि राष्ट्र बैंकले दोस्रो चरणको शिघ्र सुधारात्मक कारवाही गर्ने तयारी गरेको राष्ट्र स्रोतको दाबी छ ।  एकपटक शिघ्र सुधारात्मक कारवाही गरिएपनि अवस्था सुध्रिनुको साटो झन् बिग्रिँदै गएको […]

Jan 9, 2025 - 03:00
 0
नारायणी डेभलपमेन्ट बैंकलाई कारवाही गर्ने राष्ट्र बैंकको तयारी, पोखरा फाइनान्स पनि लिस्टमा !  

काठमाडौँ । वित्तीय अवस्था झनझन् बिग्रिँदै गएपछि नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई कारवाहीको तयारी गरेको छ । यसअघि एकपटक समस्याग्रस्त घोषणा भएर पुनः सञ्चालन अनुमति पाएको बैंकलाई फेरि राष्ट्र बैंकले दोस्रो चरणको शिघ्र सुधारात्मक कारवाही गर्ने तयारी गरेको राष्ट्र स्रोतको दाबी छ । 

एकपटक शिघ्र सुधारात्मक कारवाही गरिएपनि अवस्था सुध्रिनुको साटो झन् बिग्रिँदै गएको निष्कर्षसहित राष्ट्र बैंकले दोस्रो चरणको शिघ्र सुधारात्मक कारवाही गर्ने तयारी गरेको हो ।

स्रोतका अनुसार हाल नारायणी डेभलपमेन्ट बैंकलाई शिघ्र सुधारात्मक कारवाही गर्ने विषयमा राष्ट्र बैंकमा छलफल भइरहेको छ । एकपटक समस्याग्रस्त घोषणा भइसकेको, सञ्चालनमा आएपछि पुनः शिघ्र सुधारात्मक कारवाही भोगेको र वित्तीय अवस्था पनि झनझन् बिग्रिँदै गएको भन्दै राष्ट्र बैंकका केही अधिकारीहरुले बैंकलाई पुनः समस्याग्रस्त घोषणा गर्ने भन्ने विषयमा पनि छलफल अघि बढाएको स्रोतले बताएको छ । 

तर, अहिले नै के गर्ने ? भन्ने विषयमा टुँगो लागिसकेको छैन । चालु आर्थिक वर्षमा बैंकको खराब कर्जा करिब ३५ प्रतिशत पुगेको छ । यसअवधिमा बैंक ४ करोड ८५ लाख रुपैयाँ बराबरको वितरणयोग्य घाटामा रहेको छ । 

यता नारायणीसँगै राष्ट्र बैंकले पोखरा फाइनान्सलाई पनि कारवाही गर्ने तयारी गरेको छ । इन्स्पेक्सनका क्रममा खराब कर्जा अत्याधिक बढेको, ठूलो ऋण नउठ्ने पक्का देखिएको र कम धितो राखेर धेरै ऋण प्रवाह गरेको लगायतका कैफियत फेला पारेको राष्ट्र बैंकले कम्पनीको अवस्था नाजुक बन्दै गएको निष्कर्षसहित कारवाहीको तयारी गरेको स्रोतले बताएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register