वाइडबडी घोटाला प्रकरणः नेपालका अधिकारीलाई घुस खुवाउने अमेरिकी कम्पनीलाई ५५ मिलियन डलर जरिवाना

काठमाडौँ । वाइडबडी जहाज खरिद गर्दा नेपालका अधिकारीलाई घुस खुवाउने अमेरिकी कम्पनीलाई जरिवाना तिराइएको छ । नेपाल एयरलाइन्सले दुई वटा वाइडबडी जहाज खरिद गर्दा प्रक्रियाका लागि नेपालका अधिकारीलाई घुस खुवाउने एएआर कर्प कम्पनीलाई अमेरिकी सरकारले ५५ मिलियन डलर (७ अर्ब ४२ करोड रुपैयाँ) जरिवाना तिराएको हो । उक्त कम्पनीले वाइडबडी जहाज खरिद सम्झौताको ठेक्का सम्झौता […]

Dec 24, 2024 - 03:08
 0
वाइडबडी घोटाला प्रकरणः नेपालका अधिकारीलाई घुस खुवाउने अमेरिकी कम्पनीलाई ५५ मिलियन डलर जरिवाना

काठमाडौँ । वाइडबडी जहाज खरिद गर्दा नेपालका अधिकारीलाई घुस खुवाउने अमेरिकी कम्पनीलाई जरिवाना तिराइएको छ ।

नेपाल एयरलाइन्सले दुई वटा वाइडबडी जहाज खरिद गर्दा प्रक्रियाका लागि नेपालका अधिकारीलाई घुस खुवाउने एएआर कर्प कम्पनीलाई अमेरिकी सरकारले ५५ मिलियन डलर (७ अर्ब ४२ करोड रुपैयाँ) जरिवाना तिराएको हो ।

उक्त कम्पनीले वाइडबडी जहाज खरिद सम्झौताको ठेक्का सम्झौता गर्न नेपाली अधिकारीलाई साडे २ मिलियन डलर घुस दिएको प्रमाणित भइसकेको छ । घुस दिएको प्रमाणित भएपछि अमेरिकी सरकारले उक्त कम्पनीले भ्रष्टाचार सम्बन्धी कानून उल्लंघन गरेको ठहर गर्दै दोषी निर्क्यौल गरेको छ ।

अमेरिकी सरकारले जारी गरेको विज्ञप्तिमा एएआर कम्पनीले नेपाल र दक्षिण कोरियाका सरकारी अधिकारलाई घुस दिएको स्वीकारेको र २४ मिलियन डलर नाफा अवैध रुपमा कमाएको उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register