‘बीमा साक्षरता अभियान तिव्र बनाउनुपर्छ’- अर्थमन्त्री 

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले बीमा साक्षरता अभियानलाई तिव्र बनाउनुपर्ने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले बीमा क्षेत्रलाई प्रभावकारी र दिगो बनाएर दुर्गम तथा न्यून आय भएका वर्ग लगायत समाजका सबै तह र कारोबारमा बीमा सेवाको पहुँच पुर्याउन बीमा साक्षरता अभियानलाई तिव्र बनाउनुपर्नेमा जोड दिएका छन् […]

Jan 9, 2025 - 10:39
 0
‘बीमा साक्षरता अभियान तिव्र बनाउनुपर्छ’- अर्थमन्त्री 

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले बीमा साक्षरता अभियानलाई तिव्र बनाउनुपर्ने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले बीमा क्षेत्रलाई प्रभावकारी र दिगो बनाएर दुर्गम तथा न्यून आय भएका वर्ग लगायत समाजका सबै तह र कारोबारमा बीमा सेवाको पहुँच पुर्याउन बीमा साक्षरता अभियानलाई तिव्र बनाउनुपर्नेमा जोड दिएका छन् । 

अर्थमन्त्री पौडेलले सरकार नागरिकको जीवन चक्रमा आधारित भएर बीमाको पहुँच बिस्तार र सेवाको प्रभावकारिता बढाउन उद्धत रहेको उल्लेख गरेका छन् । 

त्यस्तै, जोखिम न्यूनिकरणका माध्यमबाट उत्थानशील समाज र सुदृढ अर्थतन्त्र निर्माण गर्ने दिशामा सरकार निरन्तर क्रियाशील रहेको पनि पौडेलले बताएका छन् । उपप्रधानमन्त्री पौडेलले स्वास्थ्य बीमा, लघु बीमा, कृषि बीमा, सहुलियतपूर्ण कर्जाको बीमा बिस्तार नियमनकारी निकायको नियमकीय क्षमतामा विकास, सरल र शिघ्र दाबी भुक्तानी प्रणालीको तिव्र बिस्तार, बीमा जालसाजी नियन्त्रण जस्ता विषयलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको बताएका छन् । 

उनले बीमकहरुको जोखिम न्यूनिकरणका लागि जोखिममा आधारित सुपरीवेक्षण प्रणाली लागू गर्ने, बीमा क्षेत्रको नियमन सबल, प्रभावकारी र व्यवसायिक बनाउन नियामक निकायको क्षमता अभिवृद्धि गर्ने, पुनर्बिमाको संस्थागत क्षमता वृद्धि गर्ने, बीमकको लगानी गरेको रकमलाई सुरक्षित र प्रतिफलमुखी क्षेत्रमा लगानीका लागि वातावरण तयार गर्ने जस्ता विषयलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । 

त्यस्तै, अर्थमन्त्री पौडेलले बीमा क्षेत्रको प्रवर्द्धन र विकासका निम्ति सरकारले निरन्तर प्रयास गरिरहेको पनि उल्लेख गरेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register