नेशनल लाइफका अभिकर्ताहरुले लिए इन्स्योरेन्स इस्टिच्यूट अफ इण्डियाबाट प्राविधिक प्रशिक्षण

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरु र मार्केटिङ कर्मचारीहरुलाई इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डिया, कलेज अफ इन्स्योरेन्सका भिजिटिङ फ्याकल्टी मेम्बरहरुले कोलकत्तामा विविध विषयमा तालिम प्रदान गरेको छ । तोकिएको लक्ष्य पुरा गरी नेपालभरबाट तालिम कार्यक्रममा सहभागि हुन योग्य भएका अभिकर्ताहरु र मार्केटिङ कर्मचारीहरुलाई कम्पनीले कोलकात्तामा तालिम प्रदान गरेको हो । कलेज अफ इन्स्योरेन्सका […]

Jan 9, 2025 - 10:39
 0
नेशनल लाइफका अभिकर्ताहरुले लिए इन्स्योरेन्स इस्टिच्यूट अफ इण्डियाबाट प्राविधिक प्रशिक्षण

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरु र मार्केटिङ कर्मचारीहरुलाई इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डिया, कलेज अफ इन्स्योरेन्सका भिजिटिङ फ्याकल्टी मेम्बरहरुले कोलकत्तामा विविध विषयमा तालिम प्रदान गरेको छ ।

तोकिएको लक्ष्य पुरा गरी नेपालभरबाट तालिम कार्यक्रममा सहभागि हुन योग्य भएका अभिकर्ताहरु र मार्केटिङ कर्मचारीहरुलाई कम्पनीले कोलकात्तामा तालिम प्रदान गरेको हो ।

कलेज अफ इन्स्योरेन्सका प्रिन्सिपल वि.के. नायकको सभापतित्वमा सम्पन्न भएको उक्त तालिममा अन्य भिजिटिङ फ्याकल्टी मेम्बरहरु जे. सेन, मिहिर गोस्वामी, अनिरवन शाह लगायतले विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।

कलेजका प्रिन्सिपल वि.के. नायकले यति धेरै अभिकर्ताहरुलाई नेपाल बाट इण्डियासम्म ल्याएर व्यवस्थित तरिकाले प्रशिक्षणमा सहभागि गराई प्रशिक्षण प्रदान गर्ने अवसर दिएकोमा कम्पनीलाई धन्यबाद दिएका थिए ।

कार्यक्रममा, प्रशिक्षक मिहिर गोस्वामीले इनोभेटिभ प्रोस्पेटिङ सम्बन्धनमा प्रशिक्षण प्रदान गरेका थिए । उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै नविन सोच लिई अगाडी बढेमा बीमा व्यवसायमा सफलता प्राप्त हुने बताए ।

यसैगरी, अर्का प्रशिक्षक अनिरवन शाहले बिजनेश कन्ट्यूनिटी साईकलका विषयमा प्रशिक्षण दिएका थिए । उनले अभिकर्ताले ग्राहकहरुको रुची, व्यवसाय, पारिवारिक अवस्था, आम्दानीलाई ख्याल गरी बीमा बिक्रि गर्ने र बिक्री पश्चात पनि आफ्ना ग्राहकहरुसँग सँधै सम्बन्ध प्रगाढ राखेमा व्यवसायले निरन्तरता प्राप्त गर्न सकिने विषयमा विभिन्न उदाहरण प्रस्तुत गर्दै प्रशिक्षण प्रदान गरेका थिए ।

कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा र एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाको नेतृत्वमा प्रशिक्षणमा सहभागि भएका करिब ४०० जना भन्दा बढि अभिकर्ताहरु र कम्पनीका माकेटिङ कर्मचारीहरुलाई कलेजका प्रिन्सिपल एवं प्रशिक्षकहरुले तालिम प्रमाण पत्र वितरण गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register