आइतबार दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३२.२४ अंकले बढेर २६९५.५५ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय २३ कम्पनीको एक करोड ५५ लाख ७२ हजार ८ सय ६२ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ५६ करोडमाथिको सेयर कारोबार भएको छ […]

Mar 30, 2025 - 10:25
 0
आइतबार दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३२.२४ अंकले बढेर २६९५.५५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २३ कम्पनीको एक करोड ५५ लाख ७२ हजार ८ सय ६२ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ५६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ६९ करोड १९ लाख ७७ हजार ४ सय ११ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, आजको बजारमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, प्रभु स्मार्ट फण्डका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register