नेपाली सेनाको सक्रियतामा उदयपुरगढी–चौदण्डीगढी ‘ऐतिहासिक पदयात्रा’

काठमाडौं । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा उदयपुरगढी–चौदण्डीगढी ऐतिहासिक पदयात्रा सम्पन्न भएको छ । नेपाली सेनाको सक्रियतामा भएको पदयात्रामा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो । यही पुस २१ गते सुरु भएको पदयात्रा आज समापन भएको सेनाले जनाएको छ । पुस २७ को अवसर पारेर सेनाले विभिन्न जिल्लाका एकीकरण मार्गमा […]

Jan 12, 2025 - 00:27
 0
नेपाली सेनाको सक्रियतामा उदयपुरगढी–चौदण्डीगढी ‘ऐतिहासिक पदयात्रा’

काठमाडौं । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा उदयपुरगढी–चौदण्डीगढी ऐतिहासिक पदयात्रा सम्पन्न भएको छ ।

नेपाली सेनाको सक्रियतामा भएको पदयात्रामा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो । यही पुस २१ गते सुरु भएको पदयात्रा आज समापन भएको सेनाले जनाएको छ । पुस २७ को अवसर पारेर सेनाले विभिन्न जिल्लाका एकीकरण मार्गमा पदयात्रा गर्दै आएको छ ।

यस अवसरमा उदयपुरमा अन्य क्रियाकलाप पनि समावेश गरिएको थियो ।

विभिन्न विद्यालयका विद्यार्थीबीच वक्तृत्वकला, कविता वाचन, हाजिरीजवाफ प्रतियोगितासहित रचनात्मक कार्यक्रमको आयोजना गरिएको थियो । पदयात्रामा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीका साथै अभिभावक, त्रियुगा र चौदण्डीगढी नगरपालिका, रौतामाई र उदयपुरगढी गाउँपालिकाका स्थानीयवासी, जनप्रतिनिधिलगायत व्यक्तित्वको सहभागिता थियो । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register