माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्य ११ जना घाइते
झापा, ४ माघ । बीपी राजमार्गमा अन्तरगत सुनकोशी गाउँपालिका–७ कानढुंग्रीमा माइक्रो बस सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको बा.३ ख ८४४५ नम्बरको माइक्रो सडक तल खस्दा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका– [...] The post माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्य ११ जना घाइते appeared first on Jhapa Online.

झापा, ४ माघ । बीपी राजमार्गमा अन्तरगत सुनकोशी गाउँपालिका–७ कानढुंग्रीमा माइक्रो बस सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको बा.३ ख ८४४५ नम्बरको माइक्रो सडक तल खस्दा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ ।
दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका– १० घर भएका ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको जिप्रका सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले जानकारी दिए। गम्भीर अवस्थाका दुई घाइतेलाई धुलिखेल अस्पतालबाट राति नै काठमाडौँको ट्रमा सेन्टरमा लगिएको डीएसपी खड्काले बताए। जनकपुर १२ का २३ वर्षीय रिचवन नदाफ र मनिका नदाफको हाल ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ।
बाँकी दुई घाइतेको धुलिखेल अस्पतालमै उपचार भइरहेको छ । चारजना घाइतेको खुर्कोटस्थित सुनकोसी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। सामान्य उपचारपछि दुईजना भने डिस्चार्ज भएका छन् । गाडी गुडिरहेको बेला टायर पञ्चर हुँदा माइक्रो बस डिभाइडरमा ठोकिएर सडकबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि माइक्रो चालक ३२ वर्षीय सञ्जय कुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
The post माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्य ११ जना घाइते appeared first on Jhapa Online.
What's Your Reaction?






