एपीएफले जित्यो महिला गोल्डकपको उपाधि

इलाम, २५ फागुन । दुई विभागीय टोली आर्मी र एपीएफ क्लब भएको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको उपाधि एपीएफले जितेको छ । आजको भएको फाइनल खेलमा विभागीय टोली आर्मीलाई २-१ गोल अन्तरले हराउँदै एपीएफले उपाधि कब्जा गरेको हो । सुरुवातबाट नै आर्मीविरुद्ध हाबी भएको एपीएफले खेलको २५ औ मिनेटमा पेनाल्टीबाट गोल गर्दै सुरुवाती अग्रता लिएको [...] The post एपीएफले जित्यो महिला गोल्डकपको उपाधि appeared first on Jhapa Online.

Mar 9, 2025 - 00:01
 0
एपीएफले जित्यो महिला गोल्डकपको उपाधि

इलाम, २५ फागुन । दुई विभागीय टोली आर्मी र एपीएफ क्लब भएको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको उपाधि एपीएफले जितेको छ । आजको भएको फाइनल खेलमा विभागीय टोली आर्मीलाई २-१ गोल अन्तरले हराउँदै एपीएफले उपाधि कब्जा गरेको हो ।

सुरुवातबाट नै आर्मीविरुद्ध हाबी भएको एपीएफले खेलको २५ औ मिनेटमा पेनाल्टीबाट गोल गर्दै सुरुवाती अग्रता लिएको थियो । एपीएफकि सविता रानालाई आर्मीको डि बक्स एरियामा फल्ड गरेपछि पाएको पेनाल्टी लाई गीता रानाले सदुपयोग गर्दै गोल गरिन । आर्मीले पनि पहिलो हाफमा थुप्रै अवसरहरू सदुपयोग गर्न सकेन ।

पहिलो हाफमा १ गोल गरेको एपीएफले दोस्रो हाफमा पुनः गोल गर्दै अग्रतालाई दोब्बर बनायो । दोस्रो हाफमा एपीएफकि सविता राना मगरले गोल गर्दै अग्रतालाई दोब्बर बनायो । आर्मीले दोस्रो हाफमा गोल गर्दै अग्रतालाई कम गर्‍यो । आर्मीको लागि फरवार्ड बिमला चौधरीले गोल गर्दै अग्रता घटाएकी थिइन । अन्तिम समयसम्म आर्मीले खेलमा फर्किन कोसिस गरे पनि सकेन । उपाधिसँगै एपीएफले नगद रु ४ लाख र आकर्षक ट्रफी प्राप्त गर्‍यो । उपविजेता बनेको आर्मीले नगद रु २ लाखमा चित्त बुझायो ।

आजको खेलको प्लेयर अफ दी म्याच एपीएफकि सविता राना मगर घोषित बनिन् । उनले नगद ५ हजार, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरिन । उत्कृष्ट गोल रक्षक आर्मीकी अञ्जना राना घोषित बनिन्, उनले १० हजार र ट्रफी प्राप्त गरिन । उत्कृष्ट डिफेन्डर आर्मीकै बिमला बिक उनले पनि नगद रु १० हजार र ट्रफी प्राप्त गरिन् । त्यस्तै सर्वाधिक गोलकर्ता एपीएफकि रश्मि कुमारी घिसिङ उनले नगद १० हजार र ट्रफी प्राप्त गरिन । खेलको उत्कृष्ट मिडफिल्डर एपीएफकि रेनुका नगरकोटी उनले पनि १० हजार सहित ट्रफी प्राप्त गरिन । सर्वोत्कृष्ट खेलाडी एपीएफकि अनिता बस्नेत घोषित भइन उनले नगद रु १५ हजार र ट्रफी प्राप्त गरिन् ।

ओएसिस क्लब इलामको आयोजनामा गत फागुन १७ गतेबाट सुरु भएको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपमा ८ टिमले सहभागिता जनाएका थिए ।

The post एपीएफले जित्यो महिला गोल्डकपको उपाधि appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register