आजको राशीफल, मेषका लागि प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ

मेष : कार्यसिद्धिको योग छ। सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। वृष : जिद्दीपनाले गर्दा काम बिग्रन सक्छ। शत्रु पक्ष हाबी हुन सक्छन्। सरकारी निकायको भय रहला। उमङ्ग र उत्साहमा कमी आउनेछ। घरायसी वातावरणमा केही असामञ्जस्य [...] The post आजको राशीफल, मेषका लागि प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ appeared first on Jhapa Online.

Jan 17, 2025 - 03:42
 0
आजको राशीफल, मेषका लागि प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ

मेष : कार्यसिद्धिको योग छ। सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।

वृष : जिद्दीपनाले गर्दा काम बिग्रन सक्छ। शत्रु पक्ष हाबी हुन सक्छन्। सरकारी निकायको भय रहला। उमङ्ग र उत्साहमा कमी आउनेछ। घरायसी वातावरणमा केही असामञ्जस्य देखिन सक्छ।

मिथुन : आफन्तको साथ र सहयोग मिल्नेछ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। नयाँ कामको अवसर र शुभकार्यको चर्चा चल्नेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। प्राविधिक र वैदेशिक कार्य अघि बढ्नेछ।

कर्कट : नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन। सहयोगी हातहरू अघि बढ्नेछन्। नयाँ काममा हात हाल्ने समय छ।

सिंह : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम सम्पादन हुनेछ। अधुरा काम पूरा हुनेछन्। अनावश्यक खर्चबाट बच्न सकिनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ।

कन्या : महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। सुन्दरतामा धन खर्च हुनेछ। व्यस्तता बढ्नुका साथै सामान हराउन सक्छ। प्रेमी/प्रेमिकाबीच खिन्नता बढ्ला। विगतका गलत निर्णयले काममा चुनौती र झमेला आउने देखिन्छ।

तुला : अधुरो र आँटेको कार्य पूरा होला। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। नयाँ कार्यको अवसर मिल्नेछ।

वृश्चिक : लाभ र हानि बराबर हुनेछ। मनोरञ्जनमा सहभागी भइएला। स्वादिष्ट परिकारको अवसर मिल्नेछ। सजिलै अरूको मन जित्न सकिनेछ। पारिवारिक साथ, सहयोग र समर्थन मिल्नेछ।

धनु : दबाब र तनाव बढेको महसुस हुनेछ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ। साँझमा भने आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

मकर : आत्मबलमा कमी आउनेछ। चोटपटकको भय छ, सचेत रहनुहोला। अध्ययन तथा अध्यापनमा समय बढी नै लगानी गर्नुपर्ने देखिन्छ। बुद्धिले काम नगर्न सक्छ, अत: सचेत रहनु होला। व्यवसायमा नोक्सानी होला।

कुम्भ : शुभकार्यको चर्चा चल्ने र सरुवा बढुवाको योग छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। हर्ष र प्रसन्नतामा समय व्यतीत हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। सहयोगी हातहरू अघि बढ्नेछन्।

मीन : सबैले तपाईँको काममा सहयोग गर्नेछन्। नयाँ काम वा रोजगारी पाइनेछ। माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ। प्राविधिक काममा सफलता मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। मिष्ठान्न भोजनको अवसर छ।

The post आजको राशीफल, मेषका लागि प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register