भद्रपुर झापा गोल्डकपमा दर्शकलाई पुरस्कार नै पुरस्कार

भद्रपुर, ५ फागुन । भद्रपुरको मेची रंगशालामा हुन लागेको भद्रपुर झापा गोल्डकपमा दर्शक केन्द्रित धेरै योजना ल्याएको छ ।दर्शकले मोटरसाइकलदेखि दैनिक चाँदीको सिक्का पाउने भएको छ । आज प्रतियोगिता आयोजनास्थल मेचीरंगशालामा आयोजित पत्रकार सम्मेलनमा गोल्डपको तयारी पूरा भएको र दर्शक लक्षित विभिन्न योजना ल्याएको जानकारी दिइयो । प्रतियोगिताको फाइनलमा टिकट काट्ने एकजना भाग्यशाली दर्शकलाई जगदम्बा [...] The post भद्रपुर झापा गोल्डकपमा दर्शकलाई पुरस्कार नै पुरस्कार appeared first on Jhapa Online.

Feb 17, 2025 - 10:49
 0
भद्रपुर झापा गोल्डकपमा दर्शकलाई पुरस्कार नै पुरस्कार

भद्रपुर, ५ फागुन । भद्रपुरको मेची रंगशालामा हुन लागेको भद्रपुर झापा गोल्डकपमा दर्शक केन्द्रित धेरै योजना ल्याएको छ ।
दर्शकले मोटरसाइकलदेखि दैनिक चाँदीको सिक्का पाउने भएको छ । आज प्रतियोगिता आयोजनास्थल मेचीरंगशालामा आयोजित पत्रकार सम्मेलनमा गोल्डपको तयारी पूरा भएको र दर्शक लक्षित विभिन्न योजना ल्याएको जानकारी दिइयो ।

प्रतियोगिताको फाइनलमा टिकट काट्ने एकजना भाग्यशाली दर्शकलाई जगदम्बा मोटर्सबाट उपलब्ध एक थान टिभिएस मोटरसाइकल र अर्का एकजना दर्शकलाई सुनचाँदी व्यवसायी संघ भद्रपुरको तर्फबाट प्राप्त एक थान सुनको सिक्री उपहार प्रदान गरिने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिनुभयो ।

प्रत्येक दिन टिकट काट्ने एकजना भाग्यशाली दर्शकलाई महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलका तर्फबाट प्रत्येक दिन एकजना भाग्यशाली दर्शकलाई दुईजनाको डिनर र सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाले चाँदीको सिक्काको व्यवस्था गरेको छ । फाइनलकै दिन पाँचजना दर्शकले एकएकवटा स्प्रे ट्यांकी प्राप्त गर्ने छन् ।

प्रतियोगितामा क्वार्टर फाइनलसम्मको टिकट दर २०० रुपैयाँ, सेमिफाइनलमा ३०० रुपैयाँ र फाइनलमा बाँसको प्यारापिटका लागि ३०० रुपैयाँ र पक्की प्यारापिटका लागि ५०० रुपैयाँ कायम गरिएको छ । प्रतियोगितामा भद्रपुर नगरपालिका संरक्षक र झापा जिल्ला खेलकुद विकास समिति समन्वयकर्ताको रुपमा रहनेछन् ।

The post भद्रपुर झापा गोल्डकपमा दर्शकलाई पुरस्कार नै पुरस्कार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register