सुप्रिम सहकारी ठगी : रुपन्देही अदालतमा मुद्दा दायर

काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा ४२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले आइतबार रास्वपा सभापति रवि लामिछानसहति ४२ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए । यसअघि सरकारी वकिलको कार्यालयले पुराना र नयाँ गरी ४२ जनाविरुद्ध मुद्दा चलाउन राय दिएको थियो […]

Jan 19, 2025 - 08:24
 0
सुप्रिम सहकारी ठगी : रुपन्देही अदालतमा मुद्दा दायर

काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा ४२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले आइतबार रास्वपा सभापति रवि लामिछानसहति ४२ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।

यसअघि सरकारी वकिलको कार्यालयले पुराना र नयाँ गरी ४२ जनाविरुद्ध मुद्दा चलाउन राय दिएको थियो ।

प्रतिवेदनमा रविसँग ४ करोड १५ लाख २८ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ । सुप्रिम सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख बढी बचत रकम हिनामिना भएको आरोप छ ।

सुप्रिमको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको पहिलो चरणको अनुसन्धानबाटै खुलेको थियो । जसमध्ये दुई करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण गएको उल्लेख छ ।

यस विषयमा कार्तिक २७ गते भैरहवास्थित सरकारी वकिलको कार्यालयमा पुगेर रविले बयान दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register