झापामा नविनतम् प्रविधिले कृषक उत्साहित

सन्तोष शर्माबनियानी, ६ माघ । नविनतम् प्रविधिबाट मकै खेती हुने भएपछि यहाँका कृषक उत्साहित भएका छन् । खनजोत नै नगरी धान रोपेको खेतमा सोझै मकै बाली लगाउन सकिने भएपछि कृषक उत्पासाहित भएका हुन् । झापा बाह्रदशी गाउँपालिका–६ कृषक माता सोरेनले भन्नुभयो, “मकै रोप्ने बेलामा उम्रिन्छ जस्तो लाग्दैन थियो, अहिले उम्रिएको बिरुवा हेर्दा खेती राम्रै हुन्छ [...] The post झापामा नविनतम् प्रविधिले कृषक उत्साहित appeared first on Jhapa Online.

Jan 19, 2025 - 13:16
 0
झापामा नविनतम् प्रविधिले कृषक उत्साहित

सन्तोष शर्मा
बनियानी, ६ माघ ।
नविनतम् प्रविधिबाट मकै खेती हुने भएपछि यहाँका कृषक उत्साहित भएका छन् ।

खनजोत नै नगरी धान रोपेको खेतमा सोझै मकै बाली लगाउन सकिने भएपछि कृषक उत्पासाहित भएका हुन् । झापा बाह्रदशी गाउँपालिका–६ कृषक माता सोरेनले भन्नुभयो, “मकै रोप्ने बेलामा उम्रिन्छ जस्तो लाग्दैन थियो, अहिले उम्रिएको बिरुवा हेर्दा खेती राम्रै हुन्छ जस्तो छ ।”

मकै खेतीका लागि एक बिघामा खनजोतमा मात्र रू १० हजारदेखि रू १२ हजार खर्च हुने उहाँले बताउनुभयो । “पहिलो पटक यसरी खेती गरिरहेको छु”, कमै उम्रिएपछि उत्साहित हुँदै उहाँले भन्नुभयो, “पहिलो पटक भएकाले के कसरी गर्ने भन्ने अनुभव छैन, उत्पादन राम्रो भयो भने अर्को वर्षदेखि यसरी नै खेती गर्छु ।”

‘कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रम’ अन्तरगत शून्य खनजोत प्रविधिबाट जिल्लाका तीन स्थानमा मकै खेती गरिएको छ । कृषि ज्ञान केन्द्र झापाले बिर्तामोड नगरपालिका–९, कचनकवल गाउँपालिका–१ र बाह्रदशी गाउँपालिका–६ मा १०÷१० कट्ठा क्षेत्रफलमा शून्य खनजोत प्रविधिबाट प्रदर्शनीको रुपमा मकै खेती गरिरहेको छ ।

प्रदर्शनी खेती गरिएको ठाउँमा अनुगमन गरेर आवश्यक युरिया, पोटास, जिंक लगायतका मल खाद उपलब्ध गराइएको कार्यालयका निमित्त प्रमुख सागर विष्टले जानकारी दिनुभयो । “मकै उम्रिएर राम्रो बोट आएपछि कृषक आकर्षित भएका छन्”, उहाँले भन्नुभयो, “मल र सिञ्चाइ पछि अझै राम्रो हुन्छ ।”

कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीको प्राविधिक सहयोगमा कृषि ज्ञान केन्द्र झापाले प्रदर्शनीका रुपमा शून्य खनजोत प्रविधिबाट मकै खेतीको प्रदर्शनी खेती गरेको हो । यो प्रविधिको प्रयोगबाट कृषकको उत्पादन लागत घट्नेछ भने नयाँ प्रविधि विस्तार र माटोको गुस्तर सुधार हुनेछ । धान काटेको खेतमा खनजोत नगरी मेसिनको प्रयोगबाट एकै पटक मकैको बिऊ र मल हालेर मकै रोपिने कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

The post झापामा नविनतम् प्रविधिले कृषक उत्साहित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register