लागुऔषध सहित ४ जना पक्राउ

विराटनगर, २३ पुस । मोरङ र सुनसरीबाट लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २२ गते मोरङको पथरी–शनिश्चरे नगरपालिका–१० स्थितमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले स्थानीय २२ वर्षीय रोशन बिकलाई निषेधित औषधी ट्रमाडोल ३४० चक्की र स्पासपेन ३८० चक्की सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी, प्रहरी चौकी तरहरा सुनसरीले इटहरी उप(महानगरपालिका–२० [...] The post लागुऔषध सहित ४ जना पक्राउ appeared first on Jhapa Online.

Jan 7, 2025 - 10:24
 0
लागुऔषध सहित ४ जना पक्राउ

विराटनगर, २३ पुस । मोरङ र सुनसरीबाट लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुस २२ गते मोरङको पथरी–शनिश्चरे नगरपालिका–१० स्थितमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले स्थानीय २२ वर्षीय रोशन बिकलाई निषेधित औषधी ट्रमाडोल ३४० चक्की र स्पासपेन ३८० चक्की सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, प्रहरी चौकी तरहरा सुनसरीले इटहरी उप(महानगरपालिका–२० का २१ वर्षीय मनिष खड्का र ३२ वर्षीय दिपेन थापा मगरलाई ट्रामाडोल र स्पासमो ८० चक्की सहित नियन्त्रणमा लिएको छ भने अस्थायी प्रहरी पोष्ट बरगाछी मोरङबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–८ का १९ वर्षीय अभिषेक मंग्रान्तीलाई ट्रामाडोल १०० क्यासप्सुल, प्रतिबन्धित औषधि स्पासपेन २० चक्की र स्पासमो ३० चक्कीसहित नियन्त्रणमा लिएको छ ।

लागुऔषधसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको छ ।

The post लागुऔषध सहित ४ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register