पाँचौं मेचीनगर गोल्डकप : आज मछिन्द्र र एपीएफ आमनेसामने

झापा, २७ फागुन । झापाको मेचीनगरमा जारी पाँचौं मेचीनगर गोल्डकप अन्तर्गत आज अन्तिम क्वाटरफाइनल खेल हुँदैछ । काँकरभिट्टा खेल मैदानमा आज ए डिभिजन क्लब मछिन्द्र एफसी काठमाडौं र विभागीय टिम शसस्त्र प्रहरीको एपीएफ एफसी काठमाडौं बिच खेल हुनेछ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित मेचीनगर गोल्डकपको पाँचौं संस्करणमा यी दुई टिम बिच रोमाञ्चक भिड्न्त [...] The post पाँचौं मेचीनगर गोल्डकप : आज मछिन्द्र र एपीएफ आमनेसामने appeared first on Jhapa Online.

Mar 11, 2025 - 02:04
 0
पाँचौं मेचीनगर गोल्डकप : आज मछिन्द्र र एपीएफ आमनेसामने

झापा, २७ फागुन । झापाको मेचीनगरमा जारी पाँचौं मेचीनगर गोल्डकप अन्तर्गत आज अन्तिम क्वाटरफाइनल खेल हुँदैछ । काँकरभिट्टा खेल मैदानमा आज ए डिभिजन क्लब मछिन्द्र एफसी काठमाडौं र विभागीय टिम शसस्त्र प्रहरीको एपीएफ एफसी काठमाडौं बिच खेल हुनेछ ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित मेचीनगर गोल्डकपको पाँचौं संस्करणमा यी दुई टिम बिच रोमाञ्चक भिड्न्त हुने आयोजकले जनाएको छ । आजको खेल जित्दै दुवै टिमले अन्तिम चारमा फाइनल प्रवेशिका लागि चर्च ब्वाइज युनाइटेड संगको भेट पक्का गर्ने दाउमा हुनेछन् ।

यसअघि सोमबार भएको खेलमा उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीलाई पराजित गर्दै धरान एफसी सेमिफाइनलमा प्रवेश गरिसकेको छ । धरानले पहिलो सेमिफाइनलमा आयोजकसंग खेल्ने छ ।

चैत २ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउने छन् । उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउने छन् । प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद ११ हजार र ट्रफी पाउने छन् ।

झापा जिल्ला फुटबल संघ र मेचीनगर नगर खेलकुद विकास समितिको प्राविधिक सहयोग रहेको प्रतियोगिताको संरक्षकमा मेचीनगर नगरपालिका संरक्षक तथा मुख्य प्रायोजक धुलाबारीको होटल मेची क्राउन रहेको छ ।

The post पाँचौं मेचीनगर गोल्डकप : आज मछिन्द्र र एपीएफ आमनेसामने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register