एनएमबि बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ? 

काठमाडौँ । एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । वित्तीय विवरण अनुसार बैंकले पुष मसान्तसम्म २ अर्ब ३५ लाख ४० हजार खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.६१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३७ करोड […]

Jan 20, 2025 - 03:00
 0
एनएमबि बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ? 

काठमाडौँ । एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । वित्तीय विवरण अनुसार बैंकले पुष मसान्तसम्म २ अर्ब ३५ लाख ४० हजार खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.६१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.७२ प्रतिशत र सञ्चालन आम्दानी १४.२८ प्रतिशतले बढेको छ । 

त्यस्तै, बैंकको सञ्चालन नाफा ५१ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ९५ करोड ७६ लाख रुपैयाँबाट घटेर ३४ करोड ४७ लाख रुपैयाँमा झरेको छ । यही कारण चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको नाफा बढ्न पुगेको हो । तर, यस अवधिमा बैंकको खराब कर्जा भने २.८९ प्रतिशतबाट बढेर ३.९६ प्रतिशत पुगेको छ । 

समीक्षा अवधिमा नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (इपिएस) पनि बढेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ८४ पैसा बढेर २१ रुपैयाँ ८२ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ १० पैसा छ । १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ३५ करोड रुपैयाँ सञ्चित छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register