बिहीबार १२.३८ अंकले घट्यो नेप्से, ४ अर्बमाथिको सेयर कारोबार

काठमाडौँ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १२.३८ अंकले घटेर २६६९.७६ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय १२ कम्पनीको ९५ लाख ९९ हजार ३ सय ४३ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५६ करोडमाथिको सेयर कारोबार भएको छ । बिहीबार सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा […]

Mar 20, 2025 - 09:33
 0
बिहीबार १२.३८ अंकले घट्यो नेप्से, ४ अर्बमाथिको सेयर कारोबार

काठमाडौँ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १२.३८ अंकले घटेर २६६९.७६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १२ कम्पनीको ९५ लाख ९९ हजार ३ सय ४३ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५६ करोडमाथिको सेयर कारोबार भएको छ ।

बिहीबार सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको २८ करोड २१ लाख २८ हजार २ सय ३७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, आजको बजारमा डोल्टी पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register