खस्किँदै नेपाल बैंकको साख, खुद नाफा र इपिएस दुवै घट्यो 

काठमाडौँ । नेपाल बैंकको नाफा घटेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २१.८७ प्रतिशतले घटेको हो । यस अवधिमा बैंकले कुल ४६ करोड १० लाख १७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५९ करोड ५१ हजार […]

Jan 20, 2025 - 04:51
 0
खस्किँदै नेपाल बैंकको साख, खुद नाफा र इपिएस दुवै घट्यो 

काठमाडौँ । नेपाल बैंकको नाफा घटेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २१.८७ प्रतिशतले घटेको हो ।

यस अवधिमा बैंकले कुल ४६ करोड १० लाख १७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५९ करोड ५१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.१६ प्रतिशतले घटेर ४ अर्ब ६२ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ । यस अवधिमा बैंकको सञ्चालन आम्दानी पनि ४५.३५ प्रतिशतले घटेर ४१ करोड ६७ लाख रुपैयाँमा सीमित भएको छ । 

नाफासँगै पुस मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी (इपिएस) पनि घटेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ७६ पैसाले घटेर ६ रुपैयाँ २७ पैसामा सीमित भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ २६१ रुपैयाँ ९६ पैसा छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register