‘चट्याङको मूर्च्छना’ उपन्यास सार्वजनिक

काठमाडौँ।  सामाजिक अभियानसंगै लेखनकार्यमा समेत सक्रिय साहित्यकार शान्ति नीहारीकाले आफ्नो पहिलो कृतिको रुपमा ‘चट्याङको मूर्च्छना’ उपन्यास सार्वजनिक गगरेकी छन्  ।  दीपश्री क्रिएटिभ मिडियाको प्रकाशन रहेको साहित्यकार शान्ति नीहारीकाको पहिलो कृति ‘चट्याङको मूर्च्छना’ उपन्यासको विमोचन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री प्रसाद पाण्डेले गरे । समाजमा आफूले देखेका, भोगेका र सुनेका विषयवस्तुहरुको आधारमा ‘चट्याङको मूर्च्छना’ […]

Jul 6, 2025 - 16:21
 0
‘चट्याङको मूर्च्छना’ उपन्यास सार्वजनिक

काठमाडौँ। 

सामाजिक अभियानसंगै लेखनकार्यमा समेत सक्रिय साहित्यकार शान्ति नीहारीकाले आफ्नो पहिलो कृतिको रुपमा ‘चट्याङको मूर्च्छना’ उपन्यास सार्वजनिक गगरेकी छन्  । 

दीपश्री क्रिएटिभ मिडियाको प्रकाशन रहेको साहित्यकार शान्ति नीहारीकाको पहिलो कृति ‘चट्याङको मूर्च्छना’ उपन्यासको विमोचन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री प्रसाद पाण्डेले गरे । समाजमा आफूले देखेका, भोगेका र सुनेका विषयवस्तुहरुको आधारमा ‘चट्याङको मूर्च्छना’ उपन्यास तयार भएको साहित्यकार शान्ति नीहारीकाले बताइन् । 

साझाँ चौतारीले आयोजना गरेको कार्यक्रममा ‘चट्याङको मूर्च्छना’ उपन्यासको विमोचनसंगै लेखक शान्ति नीहारीका, साँझा चौतारीले आयोजना गरेको टिकटक लाईभ कार्यक्रमका प्रथम सानु लामा, द्वितिय सुमी जिम्बा, तृतिय नेमो प्रधान र सान्त्वना अशोक लामा तथा अनु न्यौपानेलाई पुरस्कृत गरिएको थियो ।

त्यसैगरी ‘चट्याङको मूर्च्छना’ उपन्यासको तर्फबाट सम्पादक शिव शर्मा, डिजाईन तथा मुद्रण विनोद बिम्बित, भिजन तथा व्यवस्थापन आँचल कुमार शर्मालाई सम्मान गरिएको थियो । 

गायक तथा संगितकार प्रदीप देवानको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री प्रसाद पाण्डे, पूर्व मुख्य सचिव डा. भोजराज घिमिरे, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, साहित्यकार घनेन्द्र ओझा, डा. रेणुका सोलु, विश्व कृतिमानी संगितकार सन्तोष श्रेष्ठ, पत्रकार रोहित भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register