ऋतु सिंह वैद्य मर्यादित महिनावारी अभियानको पहिलो गुडविल राजदूतमा नियुक्त

काठमाडौं । सफल महिला उद्यमी तथा पूर्व मिस इन्डिया ऋतु सिंह वैद्य मर्यादित महिनावारीको सदभावना दुत बनेकी छिन् । महिनावारीलाई मानवअधिकार, मर्यादा र लैङ्गिक समानताको विषयका रूपमा स्थापित काम गरिरहेको दक्षिणी गोलाद्र्धय मर्यादित महिनावारी सञ्जाल (मर्यादित महिनावारीको लागि ग्लोबल साउथ गठबन्धन)ले पहिलोपटक गुडविल राजदूत नियुक्त गरेको छ । यो ऐतिहासिक जिम्मेवारी पूर्व मिस इन्डिया, सफल […]

Jul 6, 2025 - 16:16
 0
ऋतु सिंह वैद्य मर्यादित महिनावारी अभियानको पहिलो गुडविल राजदूतमा नियुक्त

काठमाडौं ।

सफल महिला उद्यमी तथा पूर्व मिस इन्डिया ऋतु सिंह वैद्य मर्यादित महिनावारीको सदभावना दुत बनेकी छिन् । महिनावारीलाई मानवअधिकार, मर्यादा र लैङ्गिक समानताको विषयका रूपमा स्थापित काम गरिरहेको दक्षिणी गोलाद्र्धय मर्यादित महिनावारी सञ्जाल (मर्यादित महिनावारीको लागि ग्लोबल साउथ गठबन्धन)ले पहिलोपटक गुडविल राजदूत नियुक्त गरेको छ । यो ऐतिहासिक जिम्मेवारी पूर्व मिस इन्डिया, सफल महिला उद्यमी, नाइमुनकी अध्यक्ष तथा सार्क नेपालकी सदस्य ऋतु सिंह वैद्यलाई दिइएको हो ।

राधा पौडेल फाउन्डेशन र जीएससीडीएम बीचको आपसी सहमतिमा वैद्यलाई एक वर्षको लागि सम्मानपूर्वक गुडविल राजदूतमा नियुक्त गरिएको हो । अभियानका संस्थापक संयोजक डा. राधा पौडेलका अनुसार, यो जिम्मेवारीले मर्यादित महिनावारी अभियानलाई विश्वव्यापी राजनीतिक र सामाजिक बहसको केन्द्रमा पु¥याउनेछ ।

किन ऋतु सिंह वैद्य ?

ऋतु सिंह वैद्य केवल सौन्दर्य प्रतियोगिताको उपाधि धारणा भएकी महिला मात्र होइनन्, उनी सशक्त महिला नेतृत्वको अन्तर्राष्ट्रिय छविकी पर्याय हुन् । मिस इन्डिया बन्नु उनको सुरुवात थियो, त्यसपछिका दशकहरूमा उनले महिला सशक्तिकरण, सामाजिक उत्तरदायित्व र समावेशी नेतृत्वको क्षेत्रमा विविध पहल गरेकी छन् ।

हाल उनी NAEMUN संस्थाकी अध्यक्ष छिन् र क्ब्च्ऋ तबलप ल्भउब िमा सक्रिय छन् । उनको प्रभावशाली बोली, सामाजिक मुद्दाप्रतिको स्पष्ट अडान र अन्तर्राष्ट्रिय पहुँचले अभियानलाई वैश्विक स्तरमा थप बलियो बनाउने विश्वास GSCDM को छ।

नियुक्तिपछि वैद्यले भनिन्, “यो केवल सम्मान होइन, अझ गहिरो जिम्मेवारी हो । महिनावारी हुने हरेक व्यक्तिको मर्यादा र मानवअधिकार सुनिश्चित गर्न म पूर्ण रूपमा समर्पित हुनेछु ।”

के गर्नेछिन् गुडविल राजदूत ?

वैद्यले अब डिग्निफाइड मेन्सुरेसन अभियानको सार्वजनिक प्रतिनिधिको रूपमा औपचारिक तथा अनौपचारिक रूपमा विभिन्न माध्यममार्फत सन्देश प्रवाह गर्नेछिन् । आगामी ८ डिसेम्बरमा मनाइने अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस र अन्तर्राष्टिय लरनिङ कनफरेन्सलाई विश्वव्यापी रूपमा प्रभावकारी बनाउने अभियानमा नेतृत्व प्रदान गर्नेछिन ।

डा. राधा पौडेलका अनुसार, महिनावारीमा गरिमा र समानता सुनिश्चित गर्न सुरु गरिएको यो अभियानलाई ऋतु सिंह वैद्यको दृढ उपस्थितिले एउटा विश्वव्यापी आन्दोलनको रूप दिनेछ। उनका अनुसार, “वैद्यको भूमिकाले महिनावारीमा हुने भेदभावलाई मानव अधिकार र लैङ्गिक हिंसाको रूपमा स्थापित गर्न थप मद्दत पुग्नेछ ।”

नेपालदेखि विश्वका थुप्रै देशमा आज पनि महिनावारीलाई लाज, डर, हिंसा र भेदभावको आँखाले हेरिन्छ।

GSCDM को मान्यता अनुसार, महिनावारी केवल पाँच दिनको रगत बग्ने प्रक्रिया होइन, यो त जीवनचक्रसँग जोडिएको विषय हो, जसले व्यक्तिको शारीरिक, मानसिक, सामाजिक र राजनीतिक पक्षमा प्रभाव पार्छ ।

डिग्निफाइड मेन्सुरेसन (DM) भन्नुको अर्थ महिनावारी हुने कसैले पनि लाज, हिंसा, विभेद वा अपमान सहन नपरोस्, उनीहरूको मर्यादा, स्वतन्त्रता र अधिकार सुनिश्चित होस् ।

GSCDM हाल ६५ भन्दा बढी देशीय सदस्य संस्थाहरूका साथ कार्यरत छ, जसमा नेपाल, नाइजेरिया, अमेरिका, पाकिस्तान, फिलिपिन्स र श्रीलङ्काजस्ता मुलुकबाट प्रतिनिधित्व गरिएको छ । यसको मुख्यालय नेपालमै रहेको छ । ऋतु सिंह वैद्यको जिम्मेवारीले मर्यादित महिनावारी अभियानमा नयाँ ऊर्जा, गति र अन्तर्राष्ट्रिय विश्वसनीयता थपिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register