टी-२० विश्वकप : स्कटल्याण्डविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै
काठमाडौं । महिला यू–१९ टी–२० विश्वकप क्रिकेटमा स्कटलयण्डविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । मलेसियाको बाङ्गीस्थित यूकेएम ओभल क्रिकेट बाङ्गीम केही समयमा सुरु हुने खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको हो । जारी विश्वकपमा नेपाल पहिलो जितको खोजीमा छ । शनिबार आफ्नो पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको थियो । नेपाल […]

काठमाडौं । महिला यू–१९ टी–२० विश्वकप क्रिकेटमा स्कटलयण्डविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
मलेसियाको बाङ्गीस्थित यूकेएम ओभल क्रिकेट बाङ्गीम केही समयमा सुरु हुने खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको हो ।
जारी विश्वकपमा नेपाल पहिलो जितको खोजीमा छ । शनिबार आफ्नो पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको थियो ।
नेपाल आज स्कटल्यान्डलाई हराएर अर्को चरण (सुपर– सिक्स)मा जाने सम्भावनालाई कायमै राख्न चाहन्छ ।
What's Your Reaction?






